play_circle_outline On Air

गीतसंगीत

play_circle_outline On Air

गीतसंगीत

रोहिङ्ग्या शरणार्थीलाई स्वदेश फिर्ता गर्नेबारे बंगलादेश र म्यानमारकाबीच महत्वपूर्ण सहमति

0

फागुन ९, बंगलादेशमा रहेका रोहिङ्ग्या म्यान्माली शरणार्थीलाई फिर्ता गर्ने सम्बन्धमा बंगलादेश र म्यानमारका अधिकारीबीच मङ्गलबार छलफल भएको समाचार छ । यसअघि बंगलादेश र म्यानमारबीच करिब दुई महिना भित्रमा रोहिङ्ग्या शरणार्थी फिर्ता गर्ने सहमति भएको जनाइएको थियो । उक्त सहमतिको पूर्ण कार्यान्वयन नभए पनि केही शरणार्थीहरु स्वदेश फर्केका छन् । हिजो यी दुई देशका उच्च अधिकारीबीच यस बिषयमा छलफल सुरु भएको अधिकारीहरुले जानकारी दिएका छन् । अधिकारीहरुका अनुसार मङ्गलबार म्यानमारको राखिन राज्यको तुङ पो लेतामा छलफल सुरु भएको हो ।
खासगरी केही शरणार्थीहरु बंगलादेश जानेक्रममा र अरु केही राखिनमा फर्किने क्रममा दुवै देशको ‘जिरो लाइन’ मा ती शरणार्थीहरु रहेका छन् । यस विषयमा थप छलफलका लागि मङ्गलबार बंगलादेशका अधिकारीहरु म्यानमार पुगेका हुन् । यससम्बन्धी उच्च अधिकारीहरुबीच भेटवार्ता भएको म्यानमारको सरकारी समाचार समितिद्वारा प्राप्त समाचारमा जनाइएको छ ।

Share.

Leave A Reply