play_circle_outline On Air

गीतसंगीत

play_circle_outline On Air

गीतसंगीत

आजदेखि लुम्बिनीमा नयाँ शक्तिको विस्तारित बैठक शुरु हुदै

0

फागुन ९, नयाँ शक्ति पार्टी, नेपालको आज, भोलि र पर्सी संघीय परिषद्को विस्तारित बैठकक लुम्बिनीमा हुँदैछ ।नयाँ शक्तिले गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा पार्टीको संघीय परिषद्को विस्तारित बैठकमा देशभरका संगठन तथा प्रवासमा रहेको नयाँ शक्ति निकट अन्तर्राष्ट्रिय नेपाली समाजका प्रतिनिधिहरुसमेत गरी करिब एक हजार प्रतिनिधिहरु सहभागी हुने मूल आयोजक समिति संयोजक कर्णध्वज केसीले जानकारी दिए । बैठकले पार्टीको आगामी कार्यदिशा, पार्टीको राजनीतिक तथा वैचारिक दृष्टिकोण र महाधिवेशनको मिति तय गर्ने छ ।नयाँ शक्तिले स्थानीय तह, प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनमा प्राप्त गरेको चुनावी नतिजासहित विगतको दुई वर्षे राजनीतिक यात्राको समीक्षा गर्ने भन्दै गत पुसको दोस्रो साता कास्कीको ल्वाङ होमस्टेमा तीन दिने आवासीय बैठक गरेको थियो । महाधिवेशन आयोजक समितिको उक्त बैठकले बदलिएको राजनीतिक गन्तव्य पहिल्याउन नयाँ वैकल्पिक शक्ति अपरिहार्य रहेको निश्कर्ष निकाल्दै वैकल्पिक शक्ति निर्माणको दिशातर्फ अग्रसर हुने निर्णय गरेको थियो ।
त्यही ल्वाङ बैठकले पार्टीको आगामी कार्यदिशा तय गर्दै वैकल्पिक राजनीतिको विचार, संगठनात्मक पद्धती र तत्कालीन राजनीतिक कार्यक्रमको तर्जुमा गर्न संघीय परिषद्को विस्तारित बैठक बोलाउने निर्णय गरेको नयाँ शक्तिका नेता मनिकर कार्कीले बताए । नयाँ शक्तिको लुम्बिनी बैठकले पार्टीलाई वैचारिक रुपले स्पष्ट बनाउँदै संगठनात्मक रुपमा पुनर्संरचना गर्ने प्रदेश ५ संयोजक दानबहादुर चौधरीले बताए । नयाँ शक्तिको ल्वाङ बैठकले निर्धारण गरेको वैकल्पिक राजनीतिक शक्ति निर्माणको कार्यदिशा पूरा गर्नकै लागि आवश्यक निर्णय लिन लुम्बिनी बैठकको आयोजना गर्न लागिएको नयाँ शक्तिका प्रदेश ५ का संगठन विभाग प्रमुख यज्ञ पोखरेलले बताए ।

Share.

Leave A Reply