play_circle_outline On Air

गीतसंगीत

play_circle_outline On Air

गीतसंगीत

रत्ननगरको सवारी दुर्घटनामा खैरहनी ५ का वडा अध्यक्ष बस्नेतको मृत्यु, २ गम्भिर घाईते

0

फागुन ०६,
चितवनको टाँडी बजार अन्तर्गत शान्ति चोक आज साँझ भएको सवारी दुर्घटनामा खैरहनी नगरपालिका वडा नम्बर ५ का वडा अध्यक्ष विश्व विजय बस्नेतको मृत्यु भएको छ । सो दुर्घटनामा खैरहनी ४ का वडा अध्यक्ष नरेन्द्र अधिकारीको गम्भिर अवस्थामा उपचार भईरहेको छ भने टाटासुमो चालकको अवस्था पनि गम्भिर रहेको छ ।
आज साँझ रत्ननगर ३ को शान्ति चोकमा बलेरो जिप र टाटासुमो एक आपसमा ठोक्किएर दुर्घटना भएको प्रहरीले सिनर्जी एफएमलाई जानकारी दिएको छ । नगरपालिकाको बा २ झ १३४४ नम्बरको टाटासुमो ना ३६ प ८९४० नम्बरको बलेरो जिपसँग ठक्कर खाँदा दुर्घटना भएको हो ।

Share.

Leave A Reply