play_circle_outline On Air

गीतसंगीत

play_circle_outline On Air

गीतसंगीत

सिनर्जी एफएमका पूर्वी चितवन संवाददाता होमनाथ सापकोटा सम्मानित

0

फाल्गुन ६, बछौली माविले चितवनका क्रियाशिल पत्रकार सिनर्जी एफएमका पूर्वी चितवन संवाददाता होमनाथ सापकोटालाई सम्मान गरेको छ । आफ्नो ५५ बार्षिकोत्सवको अबसरमा पत्रकारिता मार्फत शैक्षिक विकासमा पु¥याएको योगदानको कदर गर्दै सो विद्यालयले सापकोटालाई सम्मान गरेको हो । कार्यक्रमका प्रमुख अतिथि रत्ननगर नगरपालिकाका मेयर नारायण वन,जिल्ला शिक्षा अधिकारी मनोज गैरे र विद्यालयका अध्यक्ष राममणि खनालले पत्रकार सापकोटालाई दोसल्ला र सम्मानपत्रले सम्मान गरेका थिए ।


पत्रकार सापकोटा पूर्वी चितवन पत्रकार संघका अध्यक्ष तथा सिनर्जी एमएमका पूर्वी चितवन संवाददाता हुन । पत्रकार सापकोटासंगै विद्यालयले पूर्व विद्यार्थी,पूर्व अध्यक्ष तथा सहयोगी संस्थालाई पनि सम्मन गरेको छ । पूर्व विद्यार्थीहरु किरण चौधरी,सञ्जय महतो,श्रीलाल परियार,पूर्व विद्यालय व्यवस्थापन समितिका अध्यक्ष इन्द्रराज चौधरी तथा जनकौली सामुदायिक वन,राष्ट्रिय प्रकृति संरक्षण कोष सौराहा र ग्लोवल एक्सपोरेशन नेपाललाई पनि सम्मान गरिएको थियो । त्यसैगरी लामो समय सम्म सो विद्यालयमा अध्यायपन गराउने शारदा विडारीलाई दीर्घसेवा सम्मान प्रदान गरिएको छ ।

Share.

Leave A Reply