play_circle_outline On Air

देशप्रेदेश

play_circle_outline On Air

देशप्रेदेश

धनगढी प्रिमियर लिगमा २ सय भन्दा बढी खेलाडीले नाम दर्ता गरे

0

फागुन ६ – आगामी चैत १७ गतेदेखि धनगढीमा हुने धनगढी प्रिमियर लिगको दोस्रो संस्करणका लागि २ सय भन्दा बढी खेलाडीले नाम दर्ता गराएका छन् । आयोजकका अनुसार क्रिकेट खेलाडी संघसँगको सहकार्यमा नामावली फाइनल गरी टिमहरुलाई प्रदान गरिएको छ । प्रतियोगिताको अक्सन फागुन ९ गते हुनेछ ।प्रतियोगितामा ६ टोलीको सहभागिता जनाउने छन । प्रतियोगितामा टिम चौराहा धनगढी, सिवाईबी अत्तरिया, रुपन्देही च्यालेञ्जर्स, महेन्द्रनगर युनाइटेड, काठमाडौं गोल्डेन्स र बिराटनगर किङ्स छन् ।
प्रतियोगिताको विजेताले २५ लाख, उपविजेताले १० लाख रुपैयाँ पाउनेछ । त्यस्तै तेस्रो र चौथो हुने टिमले पनि क्रमसः ३ लाख र २ लाख रुपैयाँ पुरस्कार पाउनेछन् । हरेक खेलको म्यान अफ द म्याचले १० हजार र म्यान अफ द सिरिजले मोटरसाइकल पुरस्कार पाउनेछन् ।धनगढी क्रिकेट एकेडेमीले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी १ पूर्व खेलाडीलाई धनगढी क्रिकेट सम्मान र नेपाली क्रिकेटमा महत्वपूर्ण योगदान पु¥याउनेलाई अर्जुन खड्का स्मृति सम्मान प्रदान गरिनेछ । दुवै पुरस्कारको राशी १÷१ लाख रुपैयाँ रहेको छ ।

Share.

Leave A Reply