play_circle_outline On Air

गीतसंगीत

play_circle_outline On Air

गीतसंगीत

ट्रान्स तास्मन टि – ट्वान्टी ट्रफी क्रिकेटमा इंग्ल्यान्डद्वारा न्युजिल्यान्ड पराजित

0

फाल्गुन ६, अष्ट्रेलिया, न्युजिल्यान्ड र इंग्ल्यान्डबिचको ट्राइ सिरिज अन्तर्गतको ट्रान्स तास्मन टि – ट्वान्टी ट्रफी क्रिकेटको अन्तिम खेलमा इंग्ल्यान्डले न्युजिल्यान्डलाई पराजित गरेको छ ।आज भएको अन्तिम तथा छैटौं खेलमा इंग्ल्यान्डले घरेलु टोलीलाई २ रनले हराएको हो । अन्तिम खेलमा न्युजिल्यान्डलाई पराजित गरेपनि इंग्ल्यान्ड ट्रान्स तास्मन ट्रफीको फाइनलमा पुग्न असफल भयो । अब बुधबार हुने फाइनलमा अष्ट्रेलिया र न्युजिल्यान्डले प्रतिस्पर्धा गर्ने छन् ।ट्रान्स तास्मन ट्रफीमा अष्ट्रेलियाले चार खेल जित्दै ८ अंक जोडेर शिर्ष स्थानमा रहेर फाइनलमा स्थान बनाएको हो । यता, न्युजिल्यान्ड चार खेलमा १ जितसहित २ अंक जोडेर दोस्रो स्थानमा रहदै फाइनलमा पुगेको हो । न्युजिल्यान्डसँग बराबर २ अंक जोडेपनि इंग्ल्यान्ड नेट रन रेटमा पछि पर्दै फाइनलमा पुग्नबाट बन्चित भएको हो ।हामिल्टनमा इंग्ल्यान्डले दिएको १९५ लक्ष्य पछ्याएको न्युजिल्यान्डले पुरै २० ओभर खेल्दै ४ विकेट गुमाएर १९२ रन मात्र बनाउन सक्यो ।

Share.

Leave A Reply