play_circle_outline On Air

देशप्रेदेश

play_circle_outline On Air

देशप्रेदेश

उपेन्द्र यादव नेतृत्वको फोरम सरकारमा सहभागी हुने

0

फागुन ६–उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम, नेपाल सरकारमा सहभागी हुने भएको छ । पार्टीका सहअध्यक्ष राजेन्द्र श्रेष्ठले मुलुकमा राष्ट्रिय एकताको सन्देश दिन पनि आफ्नो पार्टी बाम गठबन्धन नेतृत्वको सरकारमा सहभागी हुन तयार भएको बताएका हुन् । आज काठमाडौंमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै उनले राष्ट्रिय सहमतिका लागि आफूहरुलाई केन्द्रीय सरकारमा सहभागी गराए बामगठबन्धनलाई पनि प्रदेश नम्बर २ को सरकारमा समेटने योजना रहेको खुलासा गरे । केन्द्रमा बाम गठबन्धन र प्रदेश २ मा आफूहरुलाई जनताले सरकार चलाउन म्यान्डेट दिएको सहअध्यक्ष श्रेष्ठको भनाई छ ।सहअध्यक्ष श्रेष्ठले मुलुकलाई एकतावद्ध बनाएर लैजान बाम गठबन्धन नेतृत्वको सरकार तयार हुनुपर्ने पनि उल्लेख गरे ।

Share.

Leave A Reply