play_circle_outline On Air

गीतसंगीत

play_circle_outline On Air

गीतसंगीत

नेपाली टेलिभिजनमा ‘को बन्छ करोडपति’ हेर्न पाईने,राजेश हमालले बैशाख १ गतेदेखि चलाउने

0

फागुन ४ – नेपाली टेलिभिजनमा ‘को बन्छ करोडपति’ हेर्न पाईने भएको भएको छ । ‘नेपाल आइडल’ पहिलो संस्करणसँगै चर्चामा आएको एपीवान टेलिभिजनले एसआरबीएन मिडियाको सहप्रायोजनमा ‘को बन्छ करोडपति’ कार्यक्रम सञ्चालन गर्न लागेको हो । जुन कार्यक्रमलाई नेपाली सुपरस्टार राजेश हमालले सञ्चालन गर्नेछन् ।
एसआरबीएन मिडियाका विपीनकुमार आचार्यका अनुसार नेपालमा पनि विश्वमा चलेको ढाँचामै उक्त कार्यक्रम सञ्चालन हुनेछ । यो कार्यक्रम दर्ता खुला भएपछि ‘आईभीआर’ तथा ‘एसएमएस’ द्वारा प्रतियोगीहरू छानिनेछन् । तीमध्ये १० जना फास्टेड फिंगरका लागि चुनिनेछन् र यसरी छानिएका १० जना कार्यक्रममा सहभागी भएर ‘को बन्छ करोडपति’ को ‘हट सिट’ का लागि प्रतिस्पर्धा गर्नेछन् । तीमध्ये पनि छिटो उत्तर मिलाउने एकजना हट सिटमा पुग्नेछन् ।
कार्यक्रममा ‘कौन बनेगा करोडपति’ कै जस्तो लाइफ लाइन, अडियन्स पोल, फिप्टी फिप्टी र फोन–अ–फ्रेन्ड हुनेछन् । यसअघि नेपाल टेलिभिजनमा ‘नगद पाँच लाख’ भन्ने कार्यक्रम सञ्चालनमा आएको थियो । ललितपुरको मानभवनमा स्टुडियो सञ्चालन गरी लोकप्रिय कलाकार मदनकृष्ण श्रेष्ठले कार्यक्रम सञ्चालन गरेका थिए । तर, त्यो कार्यक्रम केही भाग सञ्चालन गरेर बन्द भएको थियो । सो कार्यक्रममा भाग लिने प्रतियोगीले पुरस्कार पनि जितेका थिए ।

Share.

Leave A Reply