play_circle_outline On Air

आशाको बाँडी

play_circle_outline On Air

आशाको बाँडी

विश्व क्रिकेट लिग डिभिजन टुः नेपालको महत्वपूर्ण पाँच विकेट गयो

0

फागुन ०२,
विश्व क्रिकेट लिग डिभिजन टूको खेलको अन्तिम खेलमा क्यानडाले दिएको १९५ रनको विजयी लक्ष्य पछ्याएको नेपाललाई सुरुवातमै ठूलो झट्का लागेको नेपालले पाँचौ विकेट गुमाएको छ ।
दिपेन्द्रसिंह ऐरी नेपालको पाँचौ विकेटका रुपमा ३८ बलमा एक चौकासहित १८ रन बनाएर आउट भएका छन् । उनलाई साद बिन जाफरले आउट गरे ।
चौथो विकेटको रुपमा दिलिप नाथको ठाउँमा ब्याटिङ गर्न आएका शरद भेषावकर ५ बलमा एक रन मात्रै बनाएर आउट भएका छन् । उनी साद बिन जाफरको बलमा एन आर किर्तनको हातबाट क्याचआउट भए ।
सुरुमै कप्तान र उपकप्तानलाई गुमाएपछि धरमराएको नेपाली ब्याटिङलाई केही सम्हालेका थिए । उनले ६८ बलमा पाँच चौकासहित ४१ रन बनाए । उनी सेसिल परबेजको बलमा हम्जा तारिकको हातबाट क्याचआउट भए । परबेजले नै नेपालका कप्तान र उपकप्तानलाई आउट गरेका थिए ।
छैटौं ओभरको पाँचौ र अन्तिम बलमा नेपालले दुई ठूला विकेटका रुपमा उपकप्तान ज्ञानेन्द्र मल्ल र पारस खड्कालाई गुमाएको छ । पारस र ज्ञानेन्द्र दुवैलाई क्यानडाका बलर परबेजले आउट गरेका हुन् । ज्ञानेन्द्र २५ बलमा एक छक्कासहित ९ रन बनाएर आउट भए ।
अहिले २७ ओभरको समाप्तिमा नेपालले ५ विकेट गुमाउँदै ८६ रन बनाएको छ ।

Share.

Leave A Reply