play_circle_outline On Air

गीतसंगीत

play_circle_outline On Air

गीतसंगीत

प्रदेश १ को मुख्यमन्त्रीमा शेरधन राई नियुक्त

0

२ फागुन, प्रदेश १ को मुख्यमन्त्रीमा शेरधन राई नियुक्त भएका छन् ।प्रदेश प्रमुख डा. गोविन्द सुब्बाले एमाले संसदीय दलका नेता राईलाई मुख्यमन्त्री नियुक्त गरेका हुन् ।संविधानको धारा १६८ को उपधारा १ अनुसार प्रदेशसभामा बहुमत प्राप्त संसदीय दलका नेता राईलाई मुख्यमन्त्री नियुक्त गरको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ ।
एमालेले राईको नेतृत्वमा सरकार गठन गर्न सोमबार आफ्नो दाबी प्रस्तुत गरेको थियो ।९३ सदस्यीय प्रदेशसभामा एमालेको एकल बहुमत छ । एमालेका ५१ सांसद छन् ।मुख्यमन्त्री राईले भोलि सपथ लिनेछन् ।

Share.

Leave A Reply