play_circle_outline On Air

रमझम साझ

play_circle_outline On Air

रमझम साझ

रासायनिक हतियार प्रयोग गरेको प्रमाण फेला परे सिरियामाथि आक्रमण गर्न सक्ने फ्रान्सको चेतावनी

0

फागुन २ । फ्रान्सले नागरिकमाथि रासायनिक हतियार प्रयोग गरेको प्रमाण फेला परे सिरियामाथि आक्रमण गर्ने चेतावनी दिएको छ ।फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोनले सिरियाली सरकारले आफ्ना नागरिकविरूद्ध रासायनिक अस्त्र प्रयोग गरिरहेको भन्ने कुरा आइरहेको र त्यो प्रमाणित भए आक्रमण गर्ने चेतावनी दिएका हुन् ।उनले पत्रकारहरुसँग कुरा गर्दै जहाँबाट त्यस्ता हमला गरिन्छ, त्यहाँ आक्रमण गर्न आफूहरु तयार रहेको बताए ।सिरियाले प्रतिबन्धित रासायनिक अस्त्रको प्रयोग गरिएकोबारे फ्रान्सेली गुप्तचर निकायले अहिलेसम्म कुनै प्रमाण फेला नपारिसकेको उनले बताए ।
राष्ट्रपति माक्रोनले रासायनिक अस्त्रको प्रयोग आफ्नो सरकारका लागि ‘लक्ष्मणरेखा’ नाघेको ठहरिने धारणालाई दोहोर्‍याए । सिरियाली सरकारले नागरिकमाथि क्लोरिन ग्यास आक्रमण गरेका केही प्रतिवेदन सार्वजनिक भएपछि फ्रान्सेली राष्ट्रपतिको कडा चेतावनी आएको हो ।सिरियाको विद्रोही नियन्त्रित क्षेत्रमा गत महिना रासायन भएको एउटा बम खसालिएपछि केही मानिस बिरामी भएका थिए । तर सिरिया सरकारले रासायनिक अस्त्र प्रयोग गरेको कुरालाई अस्वीकार गर्दै आएको छ । (एजेन्सी)

Share.

Leave A Reply