play_circle_outline On Air

गीतसंगीत

play_circle_outline On Air

गीतसंगीत

आयोगले समानुपातिकको अन्तिम नतिजा राष्ट्रपतिलाई बुझाउँदै

0

फाल्गुन २,निर्वाचन आयोगले प्रतिनिधिसभा अन्तर्गत समानुपातिकको अन्तिम नतिजा आज राष्ट्रपति विद्यादेवी भण्डारीलाई बुझाउँदैछ । निर्वाचन सम्पन्न भएको लामो समय भइसक्दा पनि नतिजा सार्वजनिक नगरेको भन्दै आलोचना खेप्दै आएको आयोगले ७० दिनपछि प्रतिनिधिसभातर्फको सम्पुर्ण परिणाम आज राष्ट्रपतिलाई बुझाउन लागेको हो । आयोगले राष्ट्रपतिलाई निर्वाचन परिणाम बुझाए लगत्तै नयाँ सरकार गठनको औपचारिक बाटो खुल्ला हुनेछ । संघीय संसदमा महिलाको प्रतिनिधित्व ३३ प्रतिशत सुरक्षित गर्न भन्दै आयोगले प्रतिनिधि सभा अन्तर्गत समानुपातिकतर्फको नतिजा सार्वजनिक गर्न होल्ड गर्दै आएको थियो । समानुपातिकतर्फको १ सय १० सिटमा दलले प्राप्त गरेको सिट संख्याका आधारमा क्लस्टर नमिलेपछि कांग्रेस , माओवादी र राजपालाई २ दिनको समय–सिमा दिँदै पुन: सच्याउन पत्राचार गरेको थियो । समानुपातिकतर्फ एमालेले ४१, कांग्रेसले ४०, माओवादी केन्द्रले १७ तथा संघीय समाजवादी फोरम नेपाल र राष्ट्रिय जनता पार्टीले ६–६ सिट प्राप्त गरेका थिए । राजपाले हिजै सूची सच्याएर बुझाएपनि कांग्रेस र माओवादीले आज मात्र बुझाउने तयारी गरेका छन् । सूची सच्याउन आयोगले दिएको २ दिनको समयसिमा आज साँझ ५ बजे सकिनेछ । त्यसलगत्तै आवश्यक प्रक्रियापछि आयोगले समानुपातिकतर्फ विजयी हुने सांदसको घोषणा गर्नेछ ।

Share.

Leave A Reply