play_circle_outline On Air

बिबिसी बिहानी सेवा

play_circle_outline On Air

बिबिसी बिहानी सेवा

प्रदेश नं २ मा राउत मुख्यमन्त्रीमा नियुक्त

0

फाल्गुन २, प्रदेश नम्बर २ को मुख्यमन्त्रीमा संघीय समाजवादी फोरमका लालबाबु राउत नियुक्त हुनुभएको छ । उहाँलाई प्रदेश प्रमुख रत्नेश्वर लाल कायस्थले मूख्यमन्त्री नियुक्त गर्नुभएको हो । नवनियुक्त मूख्यमन्त्री राउतले भोली १२ बजेपछि जनकपुर चुरोट कारखानाको खेल मैदानमा सपथ ग्रहण गर्ने कार्यतालिका तय भएको सहकर्मी श्यामशुन्दर शशीले जनाएका छन् । मूख्यमन्त्रीले सपथ लिएलगत्तै भोली नै सानो आकारको मन्त्रीमण्डल विस्तार गर्ने तयारी भएको राजपा संसदीय दलका नेता जितेन्द्र सोनलले बताउनुभयो । सो प्रदेशमा फोरम र राजपा मिलेर सरकार गठन गर्ने सहमति यसअघि नै भइसकेको छ । २ नम्बर प्रदेशको अहिले बसिरहेको प्रदेशसभा बैठकले सभामुख पनि चयन गर्दैछ । राजपाका सरोजकुमार यादवको एकल उम्मेदवारी परेकाले उहाँलाई नै औपचारिक रुपमा सभामुख घोषणा गर्ने कार्यसूची छ ।
यस्तै ५ नम्बर प्रदेशमा पनि आजै मूख्यमन्त्री चयन गर्ने तय भएको छ । प्रदेश नम्बर ५ का एमाले संसदीय दलका नेता शंकर पोखरेललाई प्रदेश प्रमुख उमाकान्त झाले मुख्यमन्त्रीमा नियुक्त गर्न लाग्नुभएको हो । त्यसअघि अहिले बसिरहेको प्रदेशसभा बैठकले सभामुख चयन गर्नेछ । त्यहाँ माओवादीका पूर्णवहादुर घर्ती सभामुख बन्ने निश्चित छ । मुख्यमन्त्रीको सपथ भने भोली दिउँसो ३ बजेका लागि तय भएको छ । पहिलो चरणमा पोखरेलसँगै एमालेबाट बैजनाथ चौधरी र माओवादीबाट संसदीय दलका नेता कुलप्रसाद केसी सहितको ३ सदस्यीय मन्त्रीमण्डल बन्ने एमाले प्रदेश सचेतक भुमिश्वर ढकालले जानकारी दिनुभयो ।

Share.

Leave A Reply