play_circle_outline On Air

क्राइमफाइल

play_circle_outline On Air

क्राइमफाइल

कक्षा ८ को परिक्षाफल पनि ग्रेडिंगमा

0

फाल्गुन २, सरकारले आधारभूत तह अन्तर्गत कक्षा ८ को परिक्षाफल ग्रेडीङ प्रणालीमा प्रकाशित गर्ने र ९ कक्षामा भर्ना हुन विद्यार्थीले कम्तिमा सवै बिषयमा डि प्लस ल्याउनुपर्ने नयाँ मापदण्ड तय गरेको छ ।देशभर कक्षा ८ को परिक्षा स्थानीय तहले आ–आफ्नै किसिमले लिने तयारी गरिरहेका बेला सरकारले सबैका लागि साझा मापदण्ड तयार गरेको हो ।राष्ट्रिय पाठ्यक्रम विकास तथा मूल्यांकन परिषद्को नयाँ व्यवस्था अनुसार कक्षा ८ का अनिवार्य आठवटा विषयमा डि प्लस ल्याउने विद्यार्थीले मात्र अव ९ कक्षामा भर्ना हुन पाउने छन् । शिक्षा कार्यालयले यसअघि लिंदै आएको कक्षा ८ को जिल्लास्तरीय परीक्षामा पास हुन ३२ अंक ल्याउनुपर्ने प्रावधान थियो । ग्रेडीङ पद्धति सहितको नयाँ मापदण्डले सबै विद्यालयमा आधारभूत तहको परीक्षा र भर्ना प्रकृयामा एकरुपता आउने सरकारको भनाई छ ।
२०७२ सालमा एसएलसी परीक्षामा ग्रेडीङ पद्धति लागु गरेको सरकारले कक्षा ११ मा पनि त्यही पद्धति कार्यान्वयनमा ल्याइसकेको छ । कक्षा ८ को वार्षिक परीक्षा लिनेदेखि शिक्षाका २३ वटा शिर्षकका कार्यक्रम स्थानीय तहमा गर्इसकेको छ । कक्षा ८ को परिक्षा स्थानीय तहले आ आफ्नै किसिमले लिने तयारी गरिरहेका वेला सरकारको यो निर्णयले अन्यौल थपेको स्थानीय तहका प्रतिनिधिको भनाई छ ।तर सरकारले भने नयाँ मापदण्ड समग्र शिक्षाका लागि भएको बताएको छ । तर पुरानो प्रणाली र ग्रेडिङ पद्दतीमा खासै भिन्नता नरहेको शिक्षक महासंघको भनार्इ छ ।शिक्षा मन्त्रालयले शिक्षाका कार्यक्रम स्थानीय निकायमा गइसकेको अवस्थामा आधारभूत तह कक्षा ८ को समकक्षता पनि स्थानीय तहलार्इ नै दिने निर्णय गरेको छ ।

Share.

Leave A Reply