play_circle_outline On Air

गीतसंगीत

play_circle_outline On Air

गीतसंगीत

प्रदेश नम्बर पाँचको प्रदेशसभा बैठक आज बस्दै

0

फागुन ०२,
प्रदेश नम्बर पाँचको प्रदेशसभाको दोस्रो बैठक बुधबार बस्दैछ । बैठक दिउँसो १ बजे बुटवलमा रहेको संसद भवनमा बस्ने छ । बैठकमा सभामुखको निर्वाचन गर्ने कार्यसूची रहेको छ । मंगलबार प्रदेश ५ को सभामुखमा माओवादी केन्द्रका पूर्णबहादुर घर्तीले मात्रै उम्मेदवारी दर्ता गरेका कारण उहाँ नै निर्विरोध निर्वा्चित भएको घोषणा गर्ने कार्यक्रम रहेको छ ।
घर्तीको प्रस्तावकमा माओवादी केन्द्रका प्रमुख सचेतक दधिराम न्यौपाने र समर्थकमा एमालेका प्रमुख सचेतक भूमिश्वर ढकाल रहनुभएको छ । रुकुम पूर्वबाट निर्वा्चित घर्तीलाई प्रदेश ५ को सभामुखको उम्मेदवार बनाउने माओवादी केन्द्रले निर्णय गरेको थियो ।
प्रदेश ५ मा ८७ सांसदमध्ये एमाले र माओवादी केन्द्रका ६१ सांसद छन् । उम्मेदवारी दर्तापछि घर्तीले संसदलाई व्यवस्थित, मर्या्िदत र विवादरहित ढंगले सञ्चालन गर्ने बताउनुभयो । बुधबारको बैठकको अध्यक्षता जेष्ठ सदस्य बलदेब सर्मा पोखरेलले गर्नुहुनेछ ।

Share.

Leave A Reply