play_circle_outline On Air

हालखबर

play_circle_outline On Air

हालखबर

सभा बिथोल्न गएका मधेसी मोर्चाका कार्यकर्तालाई नियन्त्रण गर्न हवाई फायर

0

१ चैत्र ,नेकपा एमालको मेची महाकाली राष्ट्रिय अभियान अन्तर्गत नेपालगन्जमा हुन लागेको आमसभा बिथोल्न पुगेका मधेसी मोर्चाका कार्यकर्ताको भिड नियन्त्रण गर्न प्रहरीले गोली चलाएको छ। बाँके सदरमुकाम नेपालगन्जको बनना भन्ने ठाउँमा प्रहरीले गोली चलाएको हो।
प्रहरीमाथि ढुंगामुढा भएपछि दुई राउन्ड गोली चलेको हो। जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी निरीक्षक वीरबहादुर थापाले स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले दुई राउन्ड हवाइफायर गर्नुपरेको बताए। ‘सुरुमा अश्रुग्यास प्रहार गरेर स्थिति नियन्त्रणमा लिन खोज्यौं। त्यो सम्भव नभएपछि गोली चलाइएको हो।’
घटनापछि प्रहरीले मोर्चाका दुई कार्यकर्तालाई नियन्त्रणमा लिएको छ। मंगलबार बिहानै खजुरानजिकै मोर्चा कार्यकर्ताले भे १ ख २०४२ नम्वरको बसमा पेट्रोल बम प्रहार गरेका थिए। जिल्ला प्रशासन कार्यालय बाँकेका प्रमुखले अहिले स्थिति नियन्त्रणमा आइसकेको बताए।
एमालेको सभा बिथोल्न मोर्चाले मंगलबार बन्दको घोषणा गरेको थियो। मोर्चाको अवरोधपछि एमालेले रामलिला मैदानमा हुन लागेको पूर्वनिर्धारित सभालाई सडक विभाग परिसरमा सारेको थियो।
यसअघि सप्तरीमा भएको सभाको विरोध गर्ने क्रममा प्रहरीको गोली लागी पाँच जनाको मृत्यु भएको थियो। सप्तरी घटनापछि तीन दिनका लागि मेची महाकाली यात्रा स्थगित गरेको एमालेले अहिले पुनः यात्रा थालेको छ।

Share.

Leave A Reply