play_circle_outline On Air

हालचाल

play_circle_outline On Air

हालचाल

एमाले र माओवादी केन्द्रबीचको पार्टी एकता फागुन पहिलो सातामा

0

माघ २९
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल पार्टी एकतालाई तत्काल टुङ्गोमा र्पुयाउन सहमत हुनुभएको छ । ललितपुरको मानभवनमा आज दिउँसो भएको वान–टु–वान छलफलमा दुवै अध्यक्षबीच पार्टी एकीकरण र पद बाँडफाँडका विषयमा गम्भीर छलफल भएको एमाले अध्यक्ष ओलीका प्रेस संयोजक चेतन अधिकारीले बताउनुभयो । बुझिए अनुसार दुई नेताबीच फागुन पहिलो साता पार्टी एकीकरण गर्ने सहमति भएको छ । अधिकारीका अनुसार पार्टी एकीकरण र नयाँ सरकार गठनका बारेमा शीर्षस्थ नेताहरुले यसअघि मिल्न बाँकी रहेको विषयहरुमा पनि सहमति गर्नुभएको छ । अधिकारीले भन्नुभयो, ‘नेताहरुबीच सहमति भइसकेको छ । अब घोषणा हुन मात्र बाँकी छ ।’ पार्टी एकीकरणको नेतृत्व र मोडालिटीबारे भोलि बिहान अध्यक्षद्वय फेरि वान–टु–वान छलफलमा बस्ने र त्यसपछि पार्टी एकता संयोजन समितिको बैठक बसेर पार्टी एकताको विषयमा कुरा टुंग्याउने सहमति भएको छ । आज भएको छलफलमा दुवै अध्यक्ष जसरी भएपनि सरकार गठनअघि पार्टी एकता गरिसक्नेमा सहमत भएको माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको सचिवालयले जनाएको छ । फागुन ६र७ गते पछि सरकार गठन प्रक्रिया अघि बढ्ने भएकोले दुवै अध्यक्षले फागुन पहिलो साता नै पार्टी एकतामा जोड दिनुभएको थियो ।

Share.

Leave A Reply