play_circle_outline On Air

सिनर्जी डायरी

play_circle_outline On Air

सिनर्जी डायरी

डिभिजन टू मा केन्याले नेपाललाई १ सय ७८ रनको लक्ष्य दियो

0

माघ २९ – आइसीसी डिभिजन टू मा केन्याले नेपाललाई १ सय ७८ रनको लक्ष्य दिएको छ । टस हारेर ब्याटिङ गरेको केन्याले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर १७७  रन बनाएको हो ।केन्यालाई १७७ रनमा समेटने क्रममा नेपालका सन्दिप लामिछाने एक्लैले ५ विकेट लिए । वसन्त रेग्मि, सोमपाल कामी र शरद भेषवाकरले एक एक विकेट लिए ।
केन्याका लागि ओपनर इरफान करीमले सर्वाधिक ४२ रन बनाए । एलेक्स ओबान्डाले ४१, कोलिन्स ओबुयाले २७, धिरेन गान्दरियाले ४, आर आर पटेल १, आर एन पटेल शून्य, गुरदिप सिंहले २, एनएन एदियाम्बोले ७ रन बनाए । नटआउट रहेका एनएम एदियाम्बोले २४ र सेम नोगोचिले २३ रन बनाए ।

Share.

Leave A Reply