play_circle_outline On Air

भजन माला

play_circle_outline On Air

भजन माला

मेयर कप महिला भलिबल प्रतियोगिताको उपाधिका लागि शिबम न्यु डायमण्ड र एपीएफ भिड्ने

0

माघ २९, पर्यटकीय नगरी पटिहानीमा आयोजित प्रथम मेयर कप अन्तराष्ट्रिय आमन्त्रण महिला भलिबल प्रतियोगितामा शिबम न्यु डायमण्ड एकेडेमी काठमाडौ फाईनलमा प्रवेश गरेको छ । दोस्रो सेमिफाइनल खेलमा बिभागीय टिम त्रिभुवन आर्मी क्लबलाई (२५–१४) , (२५–१२) र (२५– २१) को सोझो सेटमा पराजित गर्दै डायमण्ड फाइनलमा प्रवेश गरेको हो । सेमीफाइनल समीकरण पुरा भएसँगै उपाधिका लागि न्यू डायमण्ड र एपीएफ क्लव भिड्ने पक्का भएको छ । फाईनल खेल मंगलबार दिउँसो १ बजे एपीएफ क्लब र शिबम न्यु डायमण्ड एकेडेमीको बिचमा हुने भएको छ ।
तेस्रो स्थानका लागि भोलि बिहान १० बजे नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लबको बीचमा हुने खेलका प्रचारप्रसार संयोजक रामहरि सेढाइले जानकारी दिए । विभागीय टिम सशस्त्र प्रहरीको एपीएफ क्लब सोमबार सम्पन्न पहिलो सेमिफाइनल खेलमा अर्काे विभागीय टिम नेपाल पुलिस क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै फाइनलमा प्रवेश गरिसकेको छ । एपीएफले पुलिसविरूद्ध (२५–१४) , (२७–२५) र (२५–१५) को जित निकालेको म्याच कमिस्नार लेखनाथ शर्मा पराजुलीले बताए ।

Share.

Leave A Reply