play_circle_outline On Air

गीतसंगीत

play_circle_outline On Air

गीतसंगीत

सन्दीप लामिछाने एक्लैले लिए चार विकेट

0

माघ २९ – आइसीसी डिभिजन टूको आफ्नो चौथो खेलमा नेपाल अहिले केन्यासँग खेलिरहेको छ । टस जितेर फिल्डिङ राजेको नेपालले केन्याको पाँचौ विकेट झारेको छ ।नेपालका सन्दीप लामिछानेले चौथो र पाँचाै विकेट लगातार लिदा ब्यत्तिगत चाैथाे विकेट लिएका हुन् । उनले लगातार अर्काे विकेट लिन नसक्दा ह्याट्रिक गर्नबाट चुके । यसअघि नेपालका वसन्त रेग्मिले ३३ औँ ओभरमा केन्याका इर्फान करिमलाई ४२ रनमा आउट गराएका हुन् ।
यसअघि १७ औं ओभरको अन्तिम बलमा सन्दिपले नै केन्याको पहिलो विकेटका रुपमा एए ओबान्डाको विकेट लिएका थिए । ओबान्डाले ४६ बल खेल्दै ५ चौकासहित ४१ रन बनाएका थिए । ३४ ओभरको समाप्तिमा केन्याले ५ विकेट गुमाउँदै १०४ रन बनाएको छ ।

Share.

Leave A Reply