play_circle_outline On Air

नेपालखबर

play_circle_outline On Air

नेपालखबर

काँग्रेस समानुपातिकतर्फको सूची बुझाउँदै

0

२९ माघ, नेपाली काँग्रेसले प्रतिनिधिसभा सदस्य समानुपातिक निर्वाचन प्रणालीतर्फ प्राप्त गरेको सिटअनुसार उम्मेदवारको नामावली निर्वाचन आयोगमा बुझाउने तयारी गरेको छ ।प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहानदेखि जारी काँग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठकले समानुपातिक सिटमा उम्मेदवार तय गर्ने सम्बन्धमा छलफल गरिरहेको पार्टी कार्यालयले जनाएको छ ।बैठकले आजै नामावली टुंगो लगाई निर्वाचन आयोगमा बुझाउने काँग्रेस नेता दिलेन्द्रप्रसाद बडूले राससलाई जानकारी दिनुभयो । काँग्रेसले प्राप्त गरेका सिटमा कम्तीमा २० महिलाको प्रतिनिधित्व सुनिश्चित गर्नुपर्ने आयोगले जनाएको छ ।
आयोगले शुक्रबार समानुपातिक निर्वाचनतर्फ दलले प्राप्त गर्ने स्थान संख्याबारे औपचारिकरुपमा जानकारी दिँदै यसअघि बन्दसूचीमा पेश गरिएको नामलाई समावेशिताको आधार मिलाएर आजसम्म पठाउन दलहरुलाई पत्राचार गरेको थियो ।आयोगका अनुसार समानुपातिकतर्फ नेकपा (एमाले) ४१, नेपाली काँग्रेस ४०, नेकपा (माओवादी केन्द्र) १७ तथा राष्ट्रिय जनता पार्टी नेपाल र संघीय समाजवादी फोरम नेपालले छ÷छ स्थान प्राप्त गरेका छन् । एमालेले प्राप्त स्थानमा उम्मेदवारको टुंगो लगाई आइतबार नै सूची आयोगमा बुझाएको छ भने अन्य दलले आज बुझाउने बुझिएको छ । (रासस)

Share.

Leave A Reply