play_circle_outline On Air

गीतसंगीत

play_circle_outline On Air

गीतसंगीत

भारतको छत्तीसगढमा तेस्रो लिंगी पनि प्रहरीमा भर्ना हुन पाउने

0

माघ २९ । भारतको छत्तीसगढ राज्यमा तेस्रो लिंगीलाई पनि प्रहरीमा भर्ना हुने अवसर प्रदान गरिएको छ ।छत्तीसगढ सरकारले प्रहरीमा २ हजार २५९ सीटका लागि आवेदन खुला गरेको छ । यसमध्ये केही सिटमा तेस्रो लिंगीले पनि अवसर पाउने भएका छन् । छत्तीसगढ सरकारको समाज कल्याण मन्त्री रमशीला साहुका अनुसार तेस्रो लिंगी समुदायका जोकोहीले आफ्नो सुविधा अनुसार महिला वा पुरुष वर्गमा आवेदन दिन सक्नेछन् । जुन वर्गमा उनीहरुले आवेदन दिनेछन्, सोही अनुरुप शारीरिक मापदण्ड पुरा गरेर तेस्रो लिंगीले सेवाको अवसर प्राप्त गर्ने पनि उनले बताइन् । ‘छत्तीसगढ भारतको त्यो पहिलो राज्य हो, जसले तेस्रो लिंगी कल्याण बोर्ड गठन गरेको छ,’ मन्त्री साहुले भनिन्, ‘तेस्रो लिंगीले पनि समाजमा समान अधिकार प्राप्त गरुन् र सबै सरकारी योजनाको लाभ लिन सकुन् भन्नेमा हाम्रो प्रयास जारी छ ।’ तेस्रो लिंगीको अधिकारका लागि काम गर्दै आएकी विद्या राजपुतका अनुसार प्रहरीमा भर्ना हुनका लागि ४० भन्दा बढी तेस्रो लिंगीले आवेदन दिएका छन् ।

Share.

Leave A Reply