play_circle_outline On Air

संगिनी

play_circle_outline On Air

संगिनी

आईसीसी विश्व क्रिकेट लिगमा आज नेपालले केन्याको सामना गर्ने

0

माघ २९ । नामिबियामा जारी आईसीसी विश्व क्रिकेट लिग डिभिजन टु क्रिकेटको चौथो खेलमा नेपालले आज केन्यासँग खेल्दैछ ।प्रतियोगिताका तीनमध्ये दुई खेलमा जित र एकमा हार बेहोरेको नेपाल आज तेस्रो जितको खोजीमा हुनेछ । नेपालले पहिलो खेलमा आयोजक नामिबियालाई हराएको थियो भने दोस्रो खेलमा आनेमनसँग पराजित भएको थियो । हिजो भएको तेस्रो खेलमा भने नेपालले परिचित प्रतिद्वन्द्वी युनाईटेड अरब ईमिरेट्स युएईलाई ४ विकेटले हराएको हो ।

Share.

Leave A Reply