play_circle_outline On Air

संगिनी

play_circle_outline On Air

संगिनी

युएईद्वारा नेपाल सामु ११५ रनको लक्ष्य प्रस्तुत

0

माघ २८, युएइले नेपाललाई १ सय १५ रनको लक्ष्य पेश गरेको छ । नामिबियाको विन्डहक स्थित मैदानमा टस जितेर फिल्डिङ रोजेको नेपालले ३१ ओभरमा युएइको सबै विकेट झारेको हो । वर्षाका कारण तीन घण्टा ढिलो सुरु भएको खेल ३४ ओभरमा छोट्याइएको छ ।युएइलाइ १ सय १५ रनमा समेटने क्रममा नेपालका सोमपाल कामीले सबैभन्दा धेरै ४ विकेट झारे, सन्दीप लामिछानेले ३, पारस खडका २ र करण केसीले १ विकेट लिए ।पहिलो ओभरमा नै युएइका ओपनिङ ब्याट्सम्यान असफाक अहमद शून्य रनमा नै आउट गरेका नेपालका सोमपाल कामीले सातांै ओभरमा युएइका गुलाम सवारलाई १६ रनमा आउट गर्दै व्यत्तिगत दोस्रो विकेट हात पारे । नवौ विकेट लिने क्रममा मोहम्मद नामिदलाई १० रनमा आउट गरेका सोमपालले १० औं विकेटका लागि अमिद राझालाई ८ रनमा आउट गराउदै उनले ४ विकेट लिए ।
आठौं ओभरमा नेपालका करण केसीले तेस्रो विकेट लिए । उनले युएइका गुलाम सवारलाई १६ रनमा आउट गरेका हुन् । चारौं,पाँचौ र छैटौं विकेट सन्दीप लामिछानेको नाममा रह्यो । युएइका रमिज साहजलाई ४ रनमा आउट गरेका सन्दीपले मोहम्मद उस्मानलाई शून्य रनमा पेभेलिएनको बाटो देखाएका हुन् ।३० रन बनाएर खेलिरहेका युएइका साहिमन अन्वारलाई सन्दीपले २२ औं ओभरमा आउट गरेका हुन् । सातौं र आठौं विकेट नेपालका कप्तान पारस खडकाले लिएका छन् । पारसले अद्नान मुफ्त्तीलाई १८ र मोहम्मद बोटालाई १५ रनमा आउट गरेका हुन् ।

Share.

Leave A Reply