play_circle_outline On Air

गीतसंगीत

play_circle_outline On Air

गीतसंगीत

सौराहामा १२ औं सौराहा फुड फेष्टिवल तथा खाना महोत्सव आजदेखि सुरु

0

माघ २८ । चितवनको पर्यटकीय नगरी सौराहामा १२ औं सौराहा फुड फेष्टिवल तथा खाना महोत्सव आइतवार देखि सुरु भएको छ । रेष्टुरेण्ट एण्ड बार एसोसियसन (क्षेत्रीय रेवान) सौराहाले आयोजना गरेको सो खाना महोत्सवको पूर्व अर्थमन्त्री तथा चितवन क्षेत्र नंं.१ क प्रतिनिधि सभा साँसद सुरेन्द्र पाण्डेले उद्घाटन गरेका थिए । सो अबसरमा उनले सौराहामा अन्र्तराष्टिय स्तरको सभाहल निर्माणको प्रक्रिया सुरु भईसकेको बताए । उनले सौराहाको पर्यटन विकासको लागि पूर्वाधार निर्माण र सेवा सुधारमा जोड दिन आवश्यक रहेको बताउ । भ्यालेनटाईन डेको अवसर पारेर रत्ननगर ७ स्थित सिसुवार चौरमा सुरु भएको खाना महोत्सवमा करिव ७० वटा स्टल रहेका छन । जसमा खानाका मात्रै करिव ५० वटा स्टल रहेको रेवान सौराहाका अध्यक्ष गोकर्ण गिरीले जानकारी दिए । यस पटक विषेश गरी थारु र नेवार समुदायको खानाका परिकारका स्टल राखिएको छ । खाना महोत्सवमा स्वदेशी र विदेशी खानाका परिकारको समेत स्वाद चाख्न पाउने अध्यक्ष गिरीले जानकारी दिए । महोत्सवमा सवैका प्रकारका खानाका परिकार पाईने र एकै प्रकारका खानाहरु बढिमा दुई वटा स्टलमा मात्रै राख्न पाईने व्यवस्था मिलाईएको छ । फेष्टिवलको अन्य दिन रु ५० र विद्यार्थीलाई रु २५ भएपनि भ्यालेनटाइन डेको दिन रु १०० को टिकटको व्यवस्था गरिएको फेष्टिवलका संयोजक कपिल रेग्मीले जानकारी दिए ।
स्वदेशी तथा विदेशी पर्यटक गरी फेष्टिवलको करिव ५ लाखले अवलोकन गर्ने अनुमान गरिएको छ । फेष्टिवलबाट भएको बचत मध्ये केही रकम उज्यालो सौराहा,अपाङग तथा वृद्धवृद्धा,सौराहाको सरसफाई, घुम्ती शौचालय निर्माणका लागि छुट्याईने आयोजकले जनाएको छ । फेष्टिवलमा प्रत्येक दिन राष्ट्रिय तथा स्थानीय कलाकारहरुको प्रस्तुती रहने छ । राष्ट्रिय कलाकार प्रजापति पराजुली,रमेशराज भट्टराई,दुर्गा सापकोटा,प्रमोद खरेल,कमल खत्री,पुर्णकला विसी,सम्झना भण्डारी,चोलेन्द्र पौडेल,मनोज महतो लगायतका कलाकारहरुको प्रस्तुती रहने छ । स्वदेशी तथा विदेशी पर्यटक प्रर्वद्धन गर्ने उदेश्यका साथ रेवान सौराहाले प्रत्येक वर्ष फेष्टिवल गर्दै आएको छ । रेवान सौराहामा अध्यक्ष गोकर्ण गिरीको अध्यतामा भएको सो उद्घाटन कार्यक्रममा कार्यक्रममा प्रदशे सभा साँसद कृष्णप्रसाद खनाल,रत्ननगर नगरपालिकाका मेयर नारायण वन, उपमेयर विमला दुवाडी,क्षेत्रीय होटल संघ सौराहाका अध्यक्ष सुमन घिमिरेले,रेवानका केन्द्रीय उपाध्यक्ष गोपीबहादुर भट्टराई,रेवान सौराहाका संस्थापक अध्यक्ष तथा वडा नं.६ का वडा अध्यक्ष बलराम दाहाल,रेवानका केन्द्रीय उपाध्यक्ष तथा वडा नं.७ का वडा अध्यक्ष राजन भट्ट,रेवान पोखराका अध्यक्ष चौबहादुर गुरुङ,रेवान महिला समुह संयोजक माला दाहाल,बाघमारा मध्यवर्ती सामुदायिक वनका अध्यक्ष विपी चौधरी,खाना महोत्सवका संयोजक कपिल रेग्मी लगायतले मन्तव्य राखेका थिए ।

Share.

Leave A Reply