play_circle_outline On Air

मै सरी सुनाखरी

play_circle_outline On Air

मै सरी सुनाखरी

चौथो चितवन च्याम्पियनसिप कपमा आजबाट सेमिपालईनलका खेलहरु सुरु हुदै

0

माघ २८ ।  भरतपुरमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटवल प्रतियोगिता अन्तर्गत आजबाट सेमिपालईनलका खेलहरु सुरु हुदैछन् । आज हुने पहिलो सेमिफाइनल खेलमा रामपुर फुटबल क्लब रामपुरले जु फुटबल क्लब जुगेडीको सामना गर्ने छ । यि दुई बिचको खेल दिउसो ३ बजेपछि शुरु हुने आयोजक एभरेष्ट क्लवका अध्यक्ष अशोक देवकोटाले जानकारी दिनुभयो । दोस्रो सेमिफाईनलमा भोली भरतपुर फुटबल क्लब र गैडाकोट फुटबल क्लबबिच प्रतिष्पर्धा हुने छ । प्रतियोगिता अन्र्तगत हिजो भएको अन्तिम क्वाटल फाईनलमा आयोजक एभरेस्ट क्लब चितवनलाइ २ ÷१ गोल अन्तरले पराजित गर्दै भरतपुर फुटबल क्लब भरतपुर बिजयी हुदै सेमिफाइनलको यात्रा तय गरेको हो । फाल्गुन २ गते सम्म चल्ने खेलको बिजेताले नगद २ लाख २२ हजार र उप बिजेताले १ लाख ११ हजार प्राप्त गर्ने छन् । प्रतियोगितामा १६ टिमको सहभागिता रहेको छ ।

Share.

Leave A Reply