play_circle_outline On Air

गीतसंगीत

play_circle_outline On Air

गीतसंगीत

सिरहामा घर भित्रिन ठिक्क परेकी बेहुलीले बच्चा पाएपछि…

0

माघ २७ –को सुखीपुर नगरपालिका–४, पोखरीयामा बेहुली भित्रिनै नपाई बच्चा जन्मेपछि बेहुलीलाई माइत फर्काइएको छ ।
राजकुमार मोचीका छोरा २२ वर्षीय उमेशकुमार रामले सिरहाकै तेनुवापटी शिवनगरका बलिराम मोचीकी छोरीसँग मागी विवाह गरी शुक्रबार घर भित्र्याउने क्रममा चुवाउन (टिकोटालो) गरिरहेको बेला बेहुलीले बच्चा जन्माएको स्थानीय फुलगेन सिंहले जानकारी दिनुभयो । घर भित्र्याउने बेला बच्चा जन्मेपछि लोकन्ती आएका बेहुलीका काका र भाइको जिम्मा लगाएर माइतीघर पठाई दिएको छ, बेहुलाका आफन्तले जनाएको छ ।रोजगारीको क्रममा भारतको दिल्ली बस्दै आएका उमेशले ३ महिना केही युवतीलाई हेरेर विवाहको कुरा टुङ्याएको जनाउनुभयो । राजकुमारले भित्र्याउनै नपाई बुहारीले छोरो जन्माएपछि आफूहरु अलमलमै परेको बताउनुभयो ।जन्मेको बच्चा महिना पुगेरै जन्मिएको जस्तो देखिने स्थानीयले जनाए ।

Share.

Leave A Reply