play_circle_outline On Air

गीतसंगीत

play_circle_outline On Air

गीतसंगीत

बिहान गाडी दुर्घटनामा परेर त्रिशुली नदिमा हराइरहेका दुई जना अहिलेसम्म पनि भेटिएनन

0

माघ २७ – आज बिहान गाडी दुर्घटनामा परेर त्रिशुली नदिमा हराइरहेका दुई जना अहिलेसम्म पनि भेटिएका छैनन् । नेपाल सरकारका सिञ्चाई सचिव रामानन्दप्रसाद यादवसहित चार जना चढेको जिप आज बिहान त्रिशुली नदीमा खसेको थियो ।कपिलवस्तु घर भएका सचिव यादव छोरीको विवाह पक्का गरेर काठमाडौं फर्कँदै गर्दा दुर्घटनामा पर्नुभएको थियो । बा २ झ ३१४० नम्बरको जिप धादिङको बेनिघाट रोराङ गाउँपालिका वडा नम्बर ३ सलाङघाटबाट त्रिशुली नदीमा हराएको जिप नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोलीले खोजी गर्ने क्रममा ३० फिट पानीमा डुबेको अवस्थामा पत्ता लगाइ डोरीले बाँधेर अड्याइएको छ ।
गाडीमा सचिव यादवसहित उहाँका छोरा सन्तोष यादव र साथीको भान्जी नाता पर्ने १६ वर्षीया उन्नती गुप्ता र चालक निराजन यादव रहेकोमा चालकलाई घाइते अवस्थामा उद्धार गरिएको थियो । घाइते चालकको काठमाडौंस्थित ट्रमा सेन्टरमा उपचार भइरहेको छ । दुर्घटनापछि हराएका तीन जनामध्ये सचिव यादबको मात्र शव भेटिएको र अन्य दुई जनाको खोजी भइरहेको इलाका प्रहरी कार्यालय गजुरीका प्रहरी निरीक्षक संजय तिमल्सिनाले जानकारी दिनुभयो ।नदीमा पानी धमिलो भएकोले सशस्त्र प्रहरीका गोताखोर पानीभित्र धेरै बेर बस्न नसकेको तथा चिसो पानीका कारण उद्धारमा समस्या आएको भए पनि खोजीकार्य तीव्र पारिएको प्रमुख जिल्ला अधिकारी श्याम भण्डारीले बताउनुभयो । सिञ्चाई मन्त्रालयका सचिव यादव आफैले गाडी चलाएको र पानीभित्र गाडीको सिट बेल्टमै रहेको अवस्थामा बेल्ट काटेर उहाँको शव निकालिएको थियो ।

Share.

Leave A Reply