play_circle_outline On Air

सिनर्जी डायरी

play_circle_outline On Air

सिनर्जी डायरी

स्वस्थ नागरिक निर्माण गरि समृद्दीतर्फ अघि बढ़न खेल क्षेत्रको निक़ै ठूलो भूमिका: प्रचण्ड

0

माघ २७, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले स्वस्थ नागरिक निर्माण गरि समृद्दीतर्फ अघि बढ़न खेल क्षेत्रको निक़ै ठूलो भूमिका रहेको बताएका छन् । आजदेखि चितवनको पटयानीमा सुरु भएको प्रथम मेयर कप अन्तर्राष्ट्रिय महिला भालिबल प्रतियोगिताको उद्घाटन गर्दै उनले सो कुराको दाबी गरेका हुन् ।कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले खेल प्रतियोगिताले खेलकूद र खेलाडिको मात्र नभएर देशको सम्बृद्धि र एकतामा योगदान पुर्याउने बताउदै २१ औं शताब्दीमा खेल क्षेत्रले अन्तर्राष्ट्रिय भाइचारा र एकतामा पनि महत्वपूर्ण योगदान गर्ने बताए । ‘स्वस्थ्यका लागि खेलकूद, राष्ट्रका लागि लागि खेलकूद’ भन्ने नाराका साथ चितवनको पटियानीमा आयोजित प्रथम मेयर कप अन्तराष्ट्रिय महिला भलिबल प्रतियोगितामा नेपाल, भारत र बांग्लादेशका महिला भलिबल टीम सहभागी छन् । अध्यक्ष प्रचण्ड नेतृत्वको सरकारले नै भलिबललाई नेपालको राष्ट्रिय खेल बनाउने निर्णय गरेको थियो ।

Share.

Leave A Reply