चैत्र १, स्थानीय तहका सम्पूर्ण कार्यालय र कार्ययोजना आजबाट कार्यन्वयनमा आएका छन् ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ललितपुर महानागरपालिकाको कार्यालयमा मंगलवार आयोजित समारोहमा मुलुकभर रहेका ७ सय ४४ वटै स्थानीय तह कार्यान्वयनमा आएको घोषणा गरेका हुन् ।
गत फागुन २७ गते राजपत्रमा प्रकाशित भएलगत्तै अस्तित्वमा आएका ४ महानगरपालिका, १३ उपमहानगरपालिका, २ सय ४६ नगरपालिका र ४ सय ८१ गाउँपालिकाले मंगलवारबाट औपचारिक कामको सुरुवात गरेका छन् ।
यसैबीच ललितपुरमा स्थानीय तहको उद्घाटन कार्यक्रमलाई सम्बनोधन गर्दै प्रधानमन्त्री प्रचण्डले वैशाख ३१ को चुनाव हुनेमा आशंका नगर्न आग्रह गर्दै चुनावका लागि सीमांकन हेरफेर आवश्यक नभएको बताएका छन् ।
परिस्थिति अनकुल भए लगतै संविधान संशोधन विधेयक पनि पारित गरिने बताए ।