play_circle_outline On Air

गीतसंगीत

play_circle_outline On Air

गीतसंगीत

उत्तर कोरियाले सैन्य परेड गर्ने

0

माघ २५ – दक्षिण कोरियामा हुने शीतकालीन ओलम्पिकलाई मध्यनजर गर्दै सैन्य परेड नगर्ने बताएको उत्तर कोरियाले अन्तिम समयमा आएर सैन्य परेड गर्ने बताएको छ । सेना स्थापना दिवसको अवसरमा हरेक वर्षको फेबु्ररी ८ तारिकमा सैन्य परेड आयोजना गर्दै आएको उत्तर कोरियाले यो वर्ष शीतकालीन ओलम्पिकका कारण नगर्ने बताएको थियो ।विश्वका विभिन्न देशले उत्तर कोरियालाई सैन्य परेड नगरेर ओलम्पिक खेललाई सहयोग गर्न आग्रह गरेका थिए । तर, उत्तर कोरियाले सैन्य परेडमाथि बोल्ने अधिकार कसैमाथि नभएको टिप्पणी गर्दै सैन्य परेड गर्ने निर्णय गरेको बीबीसीले जनाएको छ ।
विज्ञहरुले उत्तर कोरियाले आफ्नो ७० औं सेना स्थापना दिवसको अवसरमा लामो दूरीको मिसाइल प्रदर्शन गर्ने अनुमान गरेका छन । दक्षिण कोरियाका सरकारी अधिकारीले भने फ्योंगयाङ एयरपोर्टको नजिकै १३ हजार सेनाले २ सय उपकरणका साथ रिहर्शल गरिरहेको देखिएको बताएका छन ।सेना स्थापना दिवसको अबसरमा हरेक वर्ष उत्तर कोरियाले विभिन्न कार्यक्रम गर्दै आएको छ । सन १९४८ को फेबु्ररी ७ का दिन यसको उत्तर कोरियाली सेनाको स्थापना भएको थियो ।

Share.

Leave A Reply