play_circle_outline On Air

क्राइमफाइल

play_circle_outline On Air

क्राइमफाइल

आज विश्व क्यान्सर दिवस विभिन्न कार्यक्रम हुदै

0

माघ २१ । आज विश्व क्यान्सर दिवस, हामी सक्छौ म सक्छु भन्ने नाराका साथ नेपालमा पनि विभिन्न चेतनामूलक कार्यक्रम गरी मनाईंदैछ । क्यान्सर रोग लागेका धेरैजसो विरामीमा निको हुँदैन भन्ने अन्धविश्वास रहेको पाइएकाले यस वर्षको नारा अन्धविश्वासमा नबसौं तय गरिएको हो ।क्यान्सर रोगको संक्रमण देखिने बितिकै उपचार गराए निको हुने चिकित्सकले बताएका छन् । खानपानमा ध्यान र्पुयाए क्यान्सर लाग्ने जोखिम ४० प्रतिशतले कम हुने विश्व स्वास्थ्य संगठनले जनाएको छ । विकसित राष्ट्रहरुमा भन्दा पनि विकासोन्मुख राष्ट्रहरुमा हरेक वर्ष क्यान्सरका विरामी थपिंदै गएका विश्व स्वास्थ्य संगठनले जनाएको छ ।

९० प्रतिशत क्यान्सर रोगीले अन्तिम अवस्थामा उपचार खोज्ने
९० प्रतिशत क्यान्सर रोगीले अन्तिम अवस्थामा उपचार खोज्ने नेपालमा अझै ९० प्रतिशत क्यान्सर रोगी अन्तिम अवस्थामा अस्पताल जाने गरेकाले क्यान्सरबाट हुने मृत्युदर बढेको चिकित्सकहरु बताउँछन् । अन्तिम अवस्थामा क्यान्सर पहिचान भएपनि उपचार सम्भव नहुने कारण ६ महिनादेखि १ बर्षमै मृत्यु हुने गरेको पाइएको छ ।समयमै रोग पहिचान भए महत्वपूर्ण अनुपातमा क्यान्सर निदान गर्न सकिने चिकित्सकहरुको भनाई छ । तर जनचेतनाको अभाव त कहिलेकाँही उचित चिकित्सकिय परामर्श अभावका कारण क्यान्सरबाट हुने मृत्युदर बढ्दो छ ।

Share.

Leave A Reply