play_circle_outline On Air

भजन माला

play_circle_outline On Air

भजन माला

बलिउड अभिनेत्री दीपिका पादुकोण नेपाल आउने

0

माघ २०, बलिउड अभिनेत्री दीपिका पादुकोण नेपाल आउने भएकी छिन् । उनी मार्च पहिलो साता काठमाडौं आइपुग्ने कार्यक्रम छ ।
उनका साथमा अभिनेता इरफान खान पनि हुनेछन् । दीपिका र इरफानको नेपाल यात्रा घुमफिरका लागि भने होइन । उनीहरू फिल्म सुटिङका लागि आउँदै छन् ।
विशाल भारद्वाजले निर्देशन गर्ने फिल्मका लागि उनीहरू नेपाल आउन लागेका हुन् । भारद्वाजले सामाजिक संजाल मार्फत भनेका छन् छन्, ‘यो नयाँ विषयमा काम गर्ने कुराले उत्साहित छु ।’फिल्मको नाम भने तय भइसकेको छैन ।दीपिकाले अभियन गरेको संजयलीला भंसालीको फिल्म पद्यमावत भने विवादमा तानिएको थियो ।

Share.

Leave A Reply