play_circle_outline On Air

नेपालखबर

play_circle_outline On Air

नेपालखबर

चिनमा चोरीको अनौठो घटना सार्बजनिक, रातारात ८ सय मिटर सडक नै चोरी

0

माघ २० । चीनमा चोरीको अनौठो घटना सार्बजनिक भएको छ। चोरले ८ सय मिटर सडक नै रातारात भत्काएर चोरी गरेको घटना सार्बजनिक भएको छ ।चाइना न्यूज सर्भिसमा प्रकाशित विवरणअनुसार जिआङ्गसू प्रान्तमा झु नाम गरेका एक व्यक्तिले यसरी सडक चोरी गरेका हुन् । उनले सडक भत्काएर निकालेको कंक्रिट र अन्य सामाग्री एउटा उद्योगलाई बेचेका हुन् ।
८०० मिटर सडकबाट उनले करिब ५०० टन कंक्रिट निकालेका थिए । उनले कंक्रिट ५००० युआनमा बेचेको बताइएको छ । प्रहरीले उनलाई नियन्त्रणमा लिएको छ ।चिनियाँ सामाजिक संजालमा यो घटनाका बारेमा हजारौंले प्रतिक्रिया व्यक्त गरेका छन् । (एजेन्सी)

Share.

Leave A Reply