play_circle_outline On Air

संगिनी

play_circle_outline On Air

संगिनी

बन्दना बनिन् पहिलो एसओएस सिङ्गिङ स्टार

0

माघ १९,
एसओएस हर्मन माइनर विद्यालयमापहिलो पटक आयोजनागरिएको एसओएस सिङ्गिङ स्टार—२०७४ को ऐतिहासिकटाइटल कक्षा १२ माअध्ययनरत छात्रा वन्दना रसाइलीले जितेकी छिन् । शैक्षिक सत्रको सुरुआतदेखि नै आरम्भ गरिएको प्रतियोगिताको आजविद्यालयमा सम्पन्न ग्रान्ड फिनालीमाएसओएस बालग्राम नेपालकानायब राष्ट्रिय निर्देशकभोलानाथपौडेलले पहिलो एसओएस सिङ्गिङ स्टारकारको रुपमा रसाइलीको नाम घोषणा गर्नुभएको हो ।
विद्यालयमाअध्ययरत ६५० विद्यार्थीमध्ये प्रतियोगितामाकरिब ५० जना छात्रछात्रा गीतगाउनकालागि सहभागीभएकाथिए । यसअघि भएकाविभिन्न चरणहरुमा छानिँदै छानिँदै फाइनलकालागिजम्मा ८ जनाप्रतिस्पर्धीहरुले प्रतिस्पर्धा गरेका थिए ।सोहीक्रममाकक्षा  ९ माअध्ययनरत छात्रा स्नेहा क्षेत्री फस्ट रनर अपहुन सफलभइन् भने कक्षा ६ माअध्ययनरत छात्रा नवीनातिवारीले मस्ट प्रोमिसिङ पार्टिसिपेन्टको उपाधिजितेकी छिन् ।
कार्यक्रममा सुधाकर सङ्गीत, विशाल ढकाल र अनुराधा क्षेत्री निर्णायकका रुपमा रहनुभएको थियो ।विद्यालयतहमाअध्ययनरत छात्रछात्रामा रहेको गायनप्रतिभाको विकास गर्नका लागिआयोजित यस्तो कार्यक्रमचितवनमापहिलो र नौलो भएको बताइएको छ । कार्यक्रममाविजयीगायकगायिकाहरुलाई एसओएस बालग्राम नेपालकानायब राष्ट्रिय निर्देशकज्यूले पुरस्कार वितरण गर्नुभएको थियो भने विद्यालयकाप्राचार्य लक्ष्मण भण्डारीले कार्यक्रमको बारेमाचर्चा गर्दै अतिथिहरुको स्वागतगर्नुभएको थियो । कार्यक्रमको संयोजन एसओएस हर्मन माइनर विद्यालय, अतिरिक्तविभागले आयोजना गरेको हो ।

Share.

Leave A Reply