play_circle_outline On Air

रंगबाहर

play_circle_outline On Air

रंगबाहर

एमाले स्थायी कमिटि बैठकमा मुख्यमन्त्री र सभामुखबारे छलफल हुँदै

0

माघ १६,
नेकपा एमालको स्थायी कमिटि बैठक आज बस्ने भएको छ । कम्युनिस्ट गठबन्धनबीच भागबण्डा गर्दा आफ्नो भागमा परेका मुख्यमन्त्री, सभामुख र उपसभामुख चयन गर्न बैठक आह्वान गरिएको हो ।
एमाले(माओवादी कार्यदलको आइतबारको बैठकले प्रदेशका मुख्यमन्त्री, सभामुख र उपसभामुखको बाँडफाँडमा सहमति गरेको थियो ।
जसअन्तर्गत एमालेले ४ वटा प्रदेशमा मुख्यमन्त्री, ४ वटामा सभामुख र २ वटामा उपसभामुख पाउने छ । यस्तो माओवादीको भागमा २ मुख्यमन्त्री, २ सभामुख र ४ उपसभामुख परेको छ । आजको बैठकमा कार्यदलको सिफारिश, राष्ट्रियसभा निर्वाचन र पार्टी एकताबारे पनि छलफल हुने बताइएको छ ।

Share.

Leave A Reply