माघ १५, नेकपा माओवादी केन्द्रका स्थायी समिति सदस्य नारायण दाहालले देश नयाँ मोडलमा गईरहेको अवस्थामा पत्रकारको भुमिका महत्वपुर्ण रहने बताउनुभएको छ । नयाँ व्यवस्था ,परिस्थितिलाई जनता समक्ष ख्याल गरेर जनतासम्म पुर्याउन नसके संघियता प्रति जनताको भ्रम सिर्जना हुने भएकाले तथ्य परक समाचार सम्प्रेषण गर्न पत्रकारहरुलाई आग्रह गर्नुभयो /
प्रेस सेन्टर नेपाल चितवन शाखाको १४ औ स्थापना दिवसको अवसरमा आयोजित प्रादेशिक संरचनामा पत्रकारको भुमिका विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै दाहालले पत्रकारले देशको समृद्धि , एकताको पक्षमा कलम चलाउन सुझाब दिनुभयो /
प्रेस सेन्टर नेपालका केन्द्रिय कोषाध्यक्ष सुरेशचन्द्र अधिकारले प्रदेश र स्थानिय तहमा पावर सेयरिङको विषयमा समस्या देखिने संकेत देखिएको बताउंदै यस्तो अवस्था नआउन दिन पत्रकारले सन्तुलित र संयामित भएर समचार सम्प्रेशण गर्नुपर्नेमा जोड दिनुभयो ।
त्यसतै प्रेस युनियनका वरिष्ठ उपाध्यक्ष दिपक आर्चायले मार्ग निर्देश र निगरानी गर्ने खालका समाचार लेख्न सके पत्रकारितालाई व्यवसायीकता तर्फ लान सक्ने बताउनु भयो /
अन्तरक्रिया कार्यक्रममा बोल्दै पत्रकार महासघं चितवनका अध्यक्ष राधेश्याम खतिवडाले देश संघियतामा गएसगै संविधानले पत्रकारीतालाई अंकुश लगाएको गुनासो गर्नुभयो । समाचार संप्रेशण गर्दा धेरै सयमता अपनाउनुपर्ने अवस्था आएकाले निर्वाद रुपमा कलम चलाउन नसकिएको बताउनुभयो । कार्यक्रममा प्रेस युनियन चितवनका अध्यक्ष नारायण अधिकारी , प्रेस युनियनका केन्द्रिय अध्यक्ष सिर्जना आर्याल , पत्रकार महासघंका पुर्व अध्यक्ष जनक आर्याल , प्रेस चौतारीका जिल्ला अध्यक्ष तिर्थ नेपाल लगाएतले मन्तव्य व्यक्त गर्नुभएको थियो । कार्यक्रम प्रेस सेन्टर चितवनका अध्यक्ष प्रकाशमणि ज्ञवालीको अध्यक्षतामा सम्पन्न भएको थियो ।