माघ १५ । नेपाली क्रिकेटको विवाद समाधानक लागि मनिटरिङ कमिटी गठन गर्न आईसीसीले प्रस्ताव गरेको छ ।सरोकारवाला पक्षहरुसँग छलफल गर्न काठमाडौं आएको आईसीसीको टोलीले ५ सदस्यीय मनिटरिङ कमिटी गठन गर्ने प्रस्ताव गरेको हो ।आईसीसीका कार्यवाहक प्रमुख ईमरान ख्वाजा, डेभलपमेन्ट अफिसर विलियम ग्लेनराईट र अमर शेखको टोलीले गरेको प्रस्ताव अनुसार ५ सदस्यीय मनिटरिङ कमिटीमा आईसीसीका तर्फबाट तीन जना सदस्य रहनेछन् ।यसैगरी निर्वाचित नेपाल क्रिकेट संघ क्यानको तर्फबाट एक तथा राष्ट्रिय खेलकुद परिषद राखेपको तर्फबाट एक जना सदस्य रहनेछन् । उक्त कमिटीलाई चतुरबहादुर चन्द नेतृत्वको निर्वाचित क्यानले अनुमोदन गर्नुपर्नेछ । मनिटरिङ कमिटीले क्यानको नयाँ विधान अनुसार जिल्ला, क्षेत्र हुँदै केन्द्रसम्मको चुनाव गराउने जिम्मेवारी पाउनेछ ।निर्वाचित क्यानले यसअघि आईसीसीद्वारा स्विकृत विधान आफूखुशी संशोधन गरी सम्पन्न गराएको जिल्ला निर्वाचन भने स्वतः खारेज हुनेछ ।आइसीसी टोलीले आज सरकारी प्रतिनिधिहिरुसँग पनि छलफल गरेपछि अन्तिम निष्कर्ष निकाल्ने बताइएको छ ।
नेपाली क्रिकेटको विवाद समाधानको पहल -मनिटरिङ कमिटी गठन गर्न प्रस्ताव
0
Share.