play_circle_outline On Air

मै सरी सुनाखरी

play_circle_outline On Air

मै सरी सुनाखरी

देउवा सरकारले परिवार नियोजन संघको वर्तमान कार्यसमिति विघटन गरेको खुलासा

0

माघ १४, देउवा सरकारले गतवर्ष प्रचण्ड सरकारको निर्णयबाट गठित छानबीन समितिको रिपोर्टका आधारमा परिवार नियोजन संघको वर्तमान कार्यसमिति विघटन भएको खुलासा भएको छ । गत विहिबारको मन्त्रिपरिषद बैठकले परिवार नियोजन संघको कार्यसमिति विघटन गरेको हो ।नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड प्रधानमन्त्री भएको बेला गत मंसिर २७ गते परिवार नियोजन संघले आर्थिक र संगठनात्मक अनियमितता गरेको भन्दै छानविनका लागि समिति गठन गरिएको थियो । प्राप्त जानकारी अनुसार, गतवर्ष प्रचण्ड अध्यक्ष रहेको समाज कल्याण परिषदको बोर्ड बैठकले मंसिर २७ गते परिषदका कोषाध्यक्ष बीर बहादुर ठगुन्नाको संयोजकत्वमा छानबीन समिति गठन गरेको थियो । छानबीन समितिले संघले वित्तिय अनुशासन पालना नगरेको, कर्मचारी तथा सदस्य भर्नामा अनियमितता प्राप्त गरेको, संस्थालाई प्राप्त हुने वैदेशिक सहयोगमा जथाभावी गरिएको, परिवार नियोजन संघले विधानविपरित कर्मचारी भर्ना तथा सदस्य भर्ना गरेको विषयमा छानबीन गरेको थियो । समितिले दिएको राय सुझावका आधारमा समाज कल्याण परिषदले परिवार नियोजन संघलाई कतिपय क्षेत्रमा सुधार गर्न बारम्बार पत्राचार गरेपनि संघले आलटाल गरेपछि कार्वाहीका लागि सिफारिस गरेको बताइएको छ ।
प्रचण्ड प्रधानमन्त्री हुनुअघि तत्कालिन केपी शर्मा ओली प्रधानमन्त्री भएको बेला समेत महिला, बालबालिका तथा समाजकल्याण मन्त्री सिपी मैनालीले परिवार नियोजन संघमाथि कार्वाही गर्न मन्त्रिपरिषदमा प्रस्ताव लगेका थिए । त्यतिखेर सरकार परिवर्तन भएकोले मन्त्रिपरिषदले कुनै निर्णय गर्न सकेको थिएन । प्रचण्ड प्रधानमन्त्री भएपछि पुनः उक्त विषयमा छलफल भएपछि परिवार नियोजन संघभित्रको आर्थिक अनियमितताका बारेमा छानबीन गर्न समाजकल्याण परिषदलाई निर्देशन दिएका थिए । छानबीन समितिले परिवार नियोजन संघले विधानविपरित कार्य गरेको, अनुगमन तथा मूल्यांकन परिपाटी दुरुस्त नभएको, समाज कल्याण परिषदसँग पूर्व स्वीकृति तथा अनुमोदन नलिइ काम गरेको पुष्टि गरेको थियो ।

Share.

Leave A Reply