play_circle_outline On Air

बलिउड गशिप

play_circle_outline On Air

बलिउड गशिप

आईपीएल अक्सन आज दिनभर नै जारी रहने,इंग्ल्याण्डका अलराउण्डर बेन स्टोक्स १२ करोड ५० लाखमा बिके

0

१३ माघ- इंग्ल्याण्डका अलराउण्डर बेन स्टोक्स १२ करोड ५० लाख भारतीय रुपैयाँमा आईपीएल टीम राजस्थान रोयल्समा आबद्ध भएका छन् ।आज भएको आईपीएल अक्सनको पहिलो सेसनमा सबैभन्दा बढी मूल्य स्टोक्सले पाएका हुन् ।यसका अलावा अस्ट्रेलियन फास्ट बलर मिचेल स्टार्कलाई कोलकत्ता नाइट राइडर्सले ९ करोड ४० लाख, भारतीय स्पिनर रविचन्द्रन अश्विनलाई किंग्स इलाभेन पञ्जावले ७ करोड ६० लाख, शिखर धवनलाई सनराइजर्स हैदरावादले ५ करोड २० लाख र अजिंक्या रहानेलाई राजस्थान रोयल्सले ४ करोडमा खरिद गरेका छन् ।
अक्सन आज दिनभर नै जारी रहनेछ ।आईपीएल अक्सनमा पहिलोपटक एक नेपाली खेलाडी पनि सामेलछन् ।अनक्याप्ड प्लेयरको सूचीमा नेपाली लेग स्पीनर सन्दीप लामिछानेको नाम पनि समावेश छ ।

Share.

Leave A Reply