play_circle_outline On Air

हेल्लो सिनर्जी

play_circle_outline On Air

हेल्लो सिनर्जी

यस वर्षको प्रणय दिवसका लागि भारतबाट रु एक करोड २५ लाख बराबरको रातो गुलाफ आयात गरिने

0

माघ १२, यस वर्षको प्रणय दिवसका लागि भारतबाट रु एक करोड २५ लाख बराबरको रातो गुलाफ आयात गरिने भएको छ । यो गत वर्षको तुलनामा ३५ हजार स्टिक गुलाफ बढी हो ।

अघिल्लो वर्ष रु एक करोडको मात्र आयात गरे पनि यस वर्ष बजारमा माग बढेकाले केही थप आयात गर्न लागिएको हो । दुई लाख २५ हजार वटा रातो गुलाफको बजारमा माग रहेको छ ।

त्यसमध्ये २० प्रतिशत आन्तरिक उत्पादनले धाने पनि ८० प्रतिशत अझै पनि भारतबाट ल्याउनुपर्ने अवस्था रहेको फ्लोरिकल्चर एशोसिएशनका अध्यक्ष कुमारकसजु श्रेष्ठले जानकारी दिनुभयो ।

गत वर्षको प्रणय दिवसमा एक लाख ९० हजार वटा मात्र रातो गुलाफ खपत भए पनि यस पटक केही माग बढेको छ । यस वर्ष ३५ स्टिक गुलाफ बढी आयात गर्न लागिएको हो ।

गत वर्ष उपभोक्ताले रु ५० देखि ६० तिरेका भए पनि यस वर्ष भारतमानै फूलको मूल्यमा वृद्धि भएकाले अघिल्लो वर्षको तुलनामा केही मूल्य वृद्धि हुने श्रेष्ठको भनाइ छ ।

Share.

Leave A Reply