माघ ११ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प संघीय जाँच ब्यूरो एफ।बि।आईले गर्ने कुनै पनि छानविनमा सहयोग गर्न तयार भएका छन् ।राष्ट्रपति कार्यालय ह्वाईट हाउसमा आयोजित पत्रकार सम्मेलनमा राष्ट्रपति ट्रम्पले एफ।बि।आई।का अनुसन्धानकर्ता रोबर्ट म्युलरलाई अन्तर्वार्ता दिन आफू तयार रहेको बताएका हुन् ।म्युलरले छानविनका लागि राष्ट्रपति ट्रम्पसँग बयान लिने बताइए पनि मिति भने तय भएको छैन । ट्रम्पले अबको दुईदेखि तीन साताभित्र बयानका लागि अन्तर्वार्ता हुने अनुमान गरेका छन् ।एफ।बि।आईले अमेरिकी राष्ट्रपति चुनावमा रुसी हस्तक्षेपबारे छानबिन गरिरहेको छ । छानबिनकै क्रममा एफ।बि।आई प्रमुख जेम्स कोमीलाई गत मे मा पदबाट हटाएपछि राष्ट्रपति ट्रम्पको ब्यापक आलोचना भएको थियो ।त्यसपछि एफबिआई प्रमुख नियुक्त गरिएका एन्ड्रिउ म्याक्केबले पनि ट्रम्प विरुद्धको छानबिन जारी राखेका छन् ।कोमीलाई पदबाट हटाएको विषय अमेरिकी चुनावमा रुसी संलग्नताबारे चलिरहेको छानबिनसँग सम्बन्धित थियो कि थिएन भन्ने विषयमा समेत म्युलरले अहिले छानबिन गरिरहेका छन् ।
एफ बि आईलाई बयान दिन तयार छु – राष्ट्रपति ट्रम्प
0
Share.