play_circle_outline On Air

आशाको बाँडी

play_circle_outline On Air

आशाको बाँडी

नायक प्रदिपको आज जन्मदिन, जान्नुहोस् उनका ४ रमाइला पक्ष

0

फागुन २७ – नायक प्रदिप खड्काको शुक्रबार जन्मदिन परेको छ । यति बेला उनी ‘प्रेमगीत-२’ को लागि ज्यान बनाउनमा व्यस्त छन् । ‘प्रेमगीत-२’ को क्लाइमेक्सको लागि उनी दिनरात नभनी थाइ किक, तेक्वान्दो सिक्ने र नियमित दुई घण्टा जिम गर्ने गर्छन् ।

प्रेमगीतबाट नै राम्रो क्रेज बनाउन सफल प्रदिपको पहिलो चलचित्र भने ‘स्केप’ हो । तर प्रेमगीत पछि उनको अभिनय र सुन्दरताको निकै तारिफ भयो । प्रेमगीत पछि उनलाई लिएर सिनेमा बनाउनको लागि निर्माता निर्देशकहरु अघि सरे । तर उनले अरु सिनेमा खेल्न त्यती रुचि भने राखेनन् ।

फलस्वरुप उनलाई निर्माता सन्तोष सेनले अन्य सिनेमामा काम गर्न नदिएको भन्ने खालका समाचार पनि आए । यता निर्माता र नायक प्रदिप भने यस कुरालाई अनावश्यक हल्ला भएको बताउँदै आएका छन् ।

निर्माता र प्रदिपको दाजुभाइको जस्तै सम्बन्ध

निर्माता सन्तोष सेन र प्रदिप खड्काको सम्बन्ध व्यवसायिक भन्दा पनि व्यक्तिगत रुपमा बलियो छ । यो कुरा स्वयं सेन र खड्का बताउँछन् । ‘भविष्यमा प्रदिप र मेरो काम संगै होला नहोला तर हाम्रो सम्बन्ध भने सधैँ रहिरनेछ’, सन्तोषले हामीसँग भने । प्रदिपलाई कति माया गर्नुहुन्छ ? भन्ने हाम्रो प्रश्नमा निर्माता सन्तोष भन्छन्, ‘कति भन्ने नै हुन्न । माया त एउटा भावना हो । भावनाको कुरा कसरी परिमाणमा देखाउन मिल्छ ?’

आफूले कहिल्यै पनि आफ्नो मात्रै सिनेमामा काम गर्न प्रदिपलाई दवाव नदिएको भन्दै सन्तोषले भने, ‘राम्रो ब्यानर, राम्रो कथा र रोल राम्रो भए जसको खेल्दा नि मलाई केही हुन्न ।’ प्रदिपले पनि यस कुरामा सहमत हुदै भने, ‘उहाँ मेरो दाई जस्तै हुनुहुन्छ । मैले अन्य ब्यानरबाट पनि सिनेमा खेल्नु पर्छ र यसको लागि दाईले कहिल्यै छेकबार गर्नु भएको छैन । तर म आफैले सङ्ख्या भन्दा पनि गुणस्तरीयतामा ध्यान दिइराखेको छु । ’

प्रेमगीत २ का लागि मासु !

प्रदिप खड्का मासु नरुचाउने नायक हुन् । उनले मासु खान स्कुले जीवनमै छाडेका थिए । हाल उनले गरिरहेको सिनेमा ‘प्रेमगीत–२’ को एक सिनमा  रिङमा फाईट गर्नुपर्ने  भएकोले कडा व्यायाम गर्दैछन् । यसका लागि उनलाई केही मोटो समेत देखिन जरुरी छ । शरीरमा प्रोटिनको मात्रा बढाउनका लागि उनले मासु समेत खान सुरु गरेका छन् । प्रदिप भन्छन्, ‘यस सिनेमाको काम सकेपछि म मासु खान्नँ । मलाई मासु मन पर्दैन तर तौल बढाउनका लागि नखाई नहुने भएकोले खाएको छु ।’

विदेश जान चाहन्थे

२०७२ सालको भूकम्पले कसैलाई राम्रो गरेको छ भने त्यो हो प्रदिप खड्का । प्रदिप खड्का भूकम्प अघि अध्ययनका लागि अष्ट्रेलिया जान तम्तयार भएका थिए । केही समय इभेन्ट म्यानेजमेन्टको काम गरेका प्रदिपले ‘स्केप’ सिनेमा खेले पछि विदेश जाने तरखर गर्दै थिए । तर विनाशकारी भूकम्पले गर्दा उनको विदेश जाने सम्पूर्ण प्रक्रिया रोकियो । त्यसै बीचमा उनको आँशुसेन फिल्म्ससंग नाता जोडिन पुग्यो । जसबाट नेपाली सिनेमा उद्योगले प्रदिप खड्का जस्तो क्षमतावान कलाकार पायो ।

आन्टी देखि ट्याटु खोप्ने फ्यानहरु

प्रेमगीतको ट्रेलर र गीत रिलिज भएसँगै उनको क्रेज ह्वात्तै बढेको थियो । जुन सामान्यतया सिनेमा रिलिज अगाडि थोरै कलाकारको हुन्छ । प्रेमगीत रिलिज पछि उनको तुलना अनमोल केसीसँग हुन थाल्यो । फिल्मको प्रचारप्रसारमा उनी देश विदेश जाँदा धेरै प्रकृतिका महिला प्रशंसकहरुसंग भेट भयो । विदेशमा जाँदा उनकी एक प्रशंसक भेटिईन् जो उनकी डाइहार्ट फ्यान थिईन् । पछि कुरा बुझ्दै जाँदा ति महिला उनकी आफ्नै नातेदार आन्टी पर्दि रहिछिन् । उनलाई ति आन्टीले छोरा नपर्ने भएको भए विहे गर्ने समेत भनेकी थिईन् । त्यस्तै एक युवतीले प्रदिपको नामको ट्याटु खोपाएर उनलाई म्यासेज समेत पठाएकी थिईन् ।

Share.

Leave A Reply