play_circle_outline On Air

संगिनी

play_circle_outline On Air

संगिनी

नेपालको हावाको गुणस्तर विश्वकै खराब : अध्ययन

0

१० माघ, नेपालको हावाको गुणस्तर विश्वकै खराब भएको पछिल्लो अध्ययनले देखाएको छ ।सेन्टर फर इन्भारोमेन्टल ल एण्ड पोलिसी (येल विश्वविद्यालय ) र सेन्टर फर इन्टरनेशनल अर्थ साइन्स इन्फर्मेसन नेटवर्क, कोलम्बिया युनिभर्सिटीले वर्ल्ड इकोनोमिक फोरमसँग मिलेर नेपालसहित १८० देशको वातावरणीय अवस्थाबारे अध्ययन गरेको छ ।यसले नेपाली हावाको गुणस्तर निकै खराब रहेको देखाएको छ । नेपालका धेरै घरहरुमा अझै पनि दाउरो बाल्ने गरेको र जनसंख्याको धेरै हिंसा ‘पीएम २.५’ (आँखाले देख्न नसकिने प्रदुषणका कणहरु) को जोखिममा रहेको रिपोर्टमा उल्लेख छ ।समग्र ‘वातावरणको स्वास्थ्य सूचकांक’ हेर्ने हो भने पनि नेपालको अवस्था राम्रो देखिँदैन इन्भाइरोमेन्ट पफर्मेन्स इन्डेक्स–२०१८ मा सहभागी १८० देशमा नेपाल १७६ औं स्थानमा परेको छ ।
वातावरणको स्वास्थ्य सूचकांकको अवस्था भयावह रहेपनि त्यस अन्तरगर्त रहेको वनसम्वन्धी सुचकांक भने सकारात्मक देखिएको छ । विगत ५ वर्षमा भएको जंगल फडानीको आधारमा तयार पारिएको यो सूचकांकमा नेपाल १३ औं स्थानमा परेको छ ।भारतको वातावरणको स्वास्थ्य नेपालको भन्दा पनि खराब छ । यो सूचकांकमा भारत १७७ औं स्थानमा छ भने त्यसपछि क्रमशः कंगो, बंगलादेश र बुरुन्डी छन् ।पर्यावरण सूचकांकमा सार्क देशहरु मध्ये श्रीलंका अगाडि छ । श्रीलंका ७० औं स्थानमा रहँदा माल्दिभ्स १११, भुटान १३१, अफगानिस्तान १६८, पाकिस्तान १६९ औं स्थानमा छन् ।वातावरणको स्वास्थ्य सबैभन्दा राम्रो स्विट्जरल्याण्डमा रहेको अध्ययनले देखाएको छ । सूचकांकमा फ्रान्स दोस्रो, डेनमार्क केन्द्र, माल्टा चौथो र स्वीडेन पाँचौं स्थानमा छ ।एसियामा जपानको वातावरणको स्वास्थ्य राम्रो देखिएको छ । यो सूचककांकमा जापान २० औं स्थानमा रहँदा चीन भने १२० औं स्थानमा परेको छ ।

Share.

Leave A Reply