play_circle_outline On Air

संगिनी

play_circle_outline On Air

संगिनी

लगानी सुरक्षित गरी नाफा तर्फ ‘लालपुर्जा’

0

माघ १०,
माघ ४ गतेबाट प्रदर्शनमा आएको चलचित्र ‘लालपुर्जा’ ले लगानी सुरक्षित गरी नाफा तर्फ उन्मुख हुन सफल भएको छ । नेपाल प्रदर्शन अगावै विदेश प्रदर्शनको अधिकार पाएको ‘लालपुर्जा’ ले उक्त प्रदर्शनबाट ७० लाख भन्दा बढीको आम्दानी सुरक्षित गरेको छ । चलचित्रको दृष्य तथा कलाकारको अभिनयसँगै दाजुभाई र लालपुर्जाको अर्थ र त्यसको महत्वको विषयलाई आकर्षक ढंगबाट प्रस्तुत गरेको हिसावले पनि चलचित्रलाई दर्शकले रुचाएका छन् ।
चितवनको हकमा भने विहिबार र शुक्रबार चलचित्र प्रदर्शनमा आउँदा महोत्सवका कारणले केहि प्रभाव देखिएता पनि त्यसपछिका दिनहरुमा भने चलचित्रले सन्तोषजनक ब्यापार गर्न सफल भएको छ ।
कमेडी जनरामा निर्माण भएको चलचित्रमा माया,प्रेमको कथा पनि उत्कृस्ट ढंगबाट प्रस्तुत गर्ने जमर्को गरिएको छ । चलचित्रमा तपाई सौगात मल्ल लाई तान्त्रिक र बिपिन कार्की लाई ओमनरसिङको भूमिकामा हेर्न सक्नु हुनेछ । त्यसैगरी मेनुका प्रधान र नब नायीका मिरुना मगरलाई बिपिन र सौगातको जोडीको रुपमा देख्न सकिन्छ । चलचित्रमा असली पर्पलाको रुपमा नायिका सृष्टि श्रेष्ठ भएतापनि चलचित्रको अन्तिम सम्म मिरुनालाई सौगातको प्रेमीकाको रुपमा देखाईएको छ ।
चलचित्र लाई छड्के चलचित्र निर्देशन गरेर चर्चामा आएका निर्देशक निगम श्रेष्ठले निर्देशन गरेका हुन् । नेगेटिभ बुद्धको प्रस्तुति रहेको चलचित्र ’लालपुर्जा’ मा सौगात मल्ल, बिपिन कार्की, कामेश्वर चौरासिया, मेनुका प्रधान, मिरुना मगर, हरिहर शर्मा ,मिश्री थापा, कमलमणि नेपाल, अनिल पाण्डे लगायतको अभिनय रहको छ । त्यस्तै फिल्मका अतिथि लेखक र उपन्यासकार कुमार नगरकोटीको पनि चलचित्रमा बिशेष भूमिका रहेको छ । ‘लालपुर्जा’ मा उमेश श्रेष्ठ र विक्रम सिंह थारुको संयुक्त लगानी रहेको छ ।

Share.

Leave A Reply