२७ फागुन, कञ्चनपुर घटनामा भारतीय सुरक्षाकर्मीको गोली लागेर मृत्यु भएका गोविन्द गौतमलाई सरकारले सहीद घोषणा गर्ने भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मृतकलाई सहीद घोषणा गर्ने सरकारको निर्णय भएको जानकारी दिनुभएको छ ।
कञ्चनपुर घटनावारे सिंहदरवारमा ज्ञापन पत्र बुझ्दै प्रधानमन्त्री दाहलले मृतकलाई सहीद घोषणा गर्ने ,मृतकको परिवारलाई १० लाख क्षेतिपुर्ति दिने ,बालबच्चालाई पठनपाठनको व्यवस्था राज्यले गर्ने र पोष्टमार्टम गरेर सम्मानपूर्वक अन्तेष्टी गर्ने बताउनुभएको हो ।
यसैबिच,घटनाको बिरोधमा कैलाली र कञ्चनपुरमा प्रदर्शन भइरहेको छ । एसएसबीले ज्यादती गरेको भन्दै नेपालीले बिहानैदेखि प्रदर्शन गरेका हुन् । बजार तथा कलकारखाना सबै ठप्प पार्नुका साथै सीमा क्षेत्रमा प्रदर्शन भैरहेको छ । नेपाली र भारतीय पक्षबीच हिजो ३ बुँदे सहमती भएपनि स्थानीय बासिन्दाले घटनाको विरोधमा आज पनि सीमा क्षेत्रमा प्रदर्शन गरिरहेका हुन् ।
यस्तै स्थिति तनावग्रस्त भएको भन्दै स्थानीय प्रशासनले भारतीय नम्बर प्लेटका गाडीमा रोक लगाएको छ । आक्रोशित स्थानीय बासिन्दाले बिहीबार भारतीय नम्बर प्लेटका गाडीमा तोडफोड तथा आगजनी गरेपछि स्थिति सामान्य नहुँदासम्म भारतीय नम्बर प्लेटका गाडीमा रोक कञ्चनपुरका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक नैनसिंह कार्कीले जानकारी दिनुभयो । यस्तै एसएसबीको ज्यादतीको विरोधमा शुक्रबार नेकपा माओवादी केन्द्रले ७ नम्बर प्रदेश बन्दको आह्वान गरेको छ । बन्दका यातायात, कलकारखाना तथा शैक्षिक संस्था ठप्प भएका छन् । बिहीबार एसएसबीले नेपाली भूभागमै आएर गोली चलाउँदा कञ्चनपुर पुनर्वासका गोविन्द गौतमको ज्यान गएको थियो । घटना लगत्तै सीमा क्षेत्रमा तनाव बढेको हो।