play_circle_outline On Air

संगिनी

play_circle_outline On Air

संगिनी

क्यान्सरका बिरामीको एकिन संख्या थाहा पाउन तथ्यांक संकलन गरिदै

0

माघ ६ – नेपाल सरकारले क्यान्सरका बिरामीको संख्या र उनीहरुको स्थिति थाहा पाउन भोली देखि तथ्यांक संकलन गर्ने भएको छ ।सरकारका कुनैपनि निकायसँग अहिलेसम्म नेपालमा क्यान्सरका कति बिरामी छन् भन्ने यकिन तथ्यांक नभएकाले स्वास्थ्य मन्त्रालयले नेपाल स्वास्थ्य अनुसन्धान परिषदमार्फत् जनसंख्यामा आधारित क्यान्सर दर्ता प्रणाली सुरु गर्न लागेको हो ।परिषदका कार्यकारी अध्यक्ष डा। अन्जनीकुमार झाले क्यान्सरका बिरामीलाई उपचारका लागि दिँदै आइरहेको १ लाख र सरकारले हालसालै निर्णय गरेको मासिक ५ हजार रुपैयाँ सहयोग दिने व्यवस्था अझ प्रभावकारी बनाउन पनि तथ्यांक संकलनले सहयोग र्पुयाउने बताउनु भयो ।तथ्यांक संकलनका लागि अस्पतालमा सेवा लिन आउने बिरामीको स्वास्थ्य प्रतिवेदन, स्वास्थ्य प्रयोगशालामा परीक्षण गराउने बिरामीका प्रतिवेदन र स्थानीय गाउँपालिका र नगरपालिकामा सहयोगका लागि जानेमार्फत् तथ्यांक र सूचना लिइने भएको छ ।

Share.

Leave A Reply