play_circle_outline On Air

गीतसंगीत

play_circle_outline On Air

गीतसंगीत

नेपालमा दैनिक २० जनाको मृत्यु क्षयरोगबाट हुने गरेको तथ्यांक सार्बजनिक,४५ प्रतिशत संक्रमणको जोखिममा

0

माघ ५, नेपालमा दैनिक २० जनाको मृत्यु क्षयरोगबाट हुने गरेको छ । क्षयरोगको असर तराई र शहरी क्षेत्रमा बढि रहेको पाइएको छ । विश्व स्वास्थ्य संगठनको २ बर्षअघि गरेको तथ्यांकका आधारमा प्रत्येक दिन १ सय २० नयाँ रोगी भेटिने गरेको र प्रत्येक दिन २० जनाको मृत्यु हुनसक्ने अनुमान गरिएको छ ।विश्वमा सबैभन्दा धेरै क्षयरोग लागेका मानिस चीन र दोस्रोमा भारत भएकाले नेपाल यी दुई देशको छिमेकी भएकाले पनि क्षयरोग संक्रमणको उच्च जोखिममा रहेको चिकित्सकहरुको भनाई छ । नेपालमा क्षयरोग निवारण गर्न विभिन्न प्रयास गरिएको भएपनि नेपालको जनसंख्याको ४५ प्रतिशत मानिसमा क्षयरोग संक्रमण जोखिमको सम्भावना रहेको पाइएको छ ।दैनिक कामका सिलसिलामा शवासप्रश्वासका माध्यमबाट मानिसमा सर्ने क्षयरोग सम्बन्धिका संक्रमण देखिएपनि विश्व स्वस्थ्य संगठनले सन् २०१६ का लागि गरेको सर्वेक्षण अनुसार बर्षेनी करिब ४४ हजार क्षयरोगका रोगी रहेको अनुमानित तथ्यांक रहेको छ ।
जसमध्ये ३२ हजार बिरामी मात्र स्वास्थ्य परिक्षणका लागि सम्पर्कमा रहेको र १२ हजार बिरामी अझै सम्पर्कमा नआएको राष्ट्रिय क्षयरोग केन्द्रले जनाएको छ । यो तथ्यांक प्रत्येक बर्ष फरक पर्न सक्ने केन्द्रका कार्यकारी निर्देशक डाक्टर केदारनरसिंह केसीले जानकारी दिएका छन् । डट्स सेन्टरमा उपचारका लागि आउने सबै टिबीका रोगीहरुको उपचार निःशुल्क हुने गरेको छ । नेपालमा ४ हजारभन्दा बढि डट्स सेन्टर रहेको राष्ट्रिय क्षयरोग केन्द्रले जनाएको छ ।सरकारले सन् २०३५ सम्ममा क्षयरोग निवारण गरिसक्ने लक्ष्य राखेको छ । यसका लागि मुलुकभरबाट खकारको नमुना संकलन गरि रोगको परिक्षण गर्ने, जनचेतना अभिबृद्धी गर्ने, स्थानीय तहसँग समन्वय गर्ने र आम नागरिकले बुझ्ने गरि क्षयरोगको प्रचारात्मक अभियान सञ्चालन गर्ने नीति लिईएको केन्द्रले जनाएको छ ।

Share.

Leave A Reply