play_circle_outline On Air

मै सरी सुनाखरी

play_circle_outline On Air

मै सरी सुनाखरी

कांग्रेस भित्रै प्रदेश प्रमुखका विषयमा विवाद, सभापति देउवाप्रति तीव्र आक्रोस

0

माघ ०४,
पार्टी सभापति शेरबहादुर देउवाको कार्यसुची विना नै कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकमा चुनावी समिक्षा भएको छ । अधिकांश नेताहरुले प्रधानमन्त्री समेत रहेका देउवाप्रति तीव्र आक्रोस पोखेका छन् ।
बालुवटारमा जारी बैठकको एजेण्डाका रुपमा राष्ट्रियसभा निर्वाचन प्रस्तुत गरिएको थियो ।सभापति देउवाले चुनावी समिक्षाका लागि छिट्टै बैठक बोलाउने आश्वासन दिँदै राष्ट्रियसभा निर्वाचनबारे छलफल गर्न प्रस्ताव गरेका गर्नुभएको थियो ।
तर, बैठकमा बोल्ने अधिकांशले चुनावी समिक्षा गर्दै नेतृत्वको चर्को आलोचना गरेका छन् । बैठकमा अर्जुननरसिंह केसीले पार्टीमा सभापति मात्र नभई छायाँ सभापति मान्नु पर्ने अवस्था आएको बताए । आफूलार्ई कार्यसम्पादन समिति र संसदीय समितिको सदस्य भनिएको तर, समानुपातिकको सूची समेत हेर्न नपाएको बताए ।
केन्द्रीय सदस्य कल्याण गुरुङले सरकारले नियुक्त गरेका प्रदेश प्रमुखहरु मण्डले भएको बताउनुभयो । प्रदिप पौडेलले केन्द्रीय समितिबाट भएका निर्णयहरुलाई नेताहरुले पालना नगर्ने गरेको र सबै काम विधि विपरित भएको भन्दै जिम्मेवारी नलिने बताउनुभएको छ । अहिलेको नेतृत्वप्रति आफूहरुको विश्वास नै नभएको भन्दै उहाँले कांग्रेस अब नयाँ ढंगले अघि बढ्नु पर्ने बताउनुभएको छ ।

Share.

Leave A Reply