प्रदेश राजधानीका विषयमा आन्दोलन गर्नुपर्दैनः एमाले अध्यक्ष ओली

0

माघ ०४,
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अस्थायी रुपमा तोकिएको प्रदेश राजधानीका विषयमा आन्दोलन गर्न आवश्यक नभएको बताउनुभएको छ ।  बैंककबाट नियमित स्वास्थ्य परीक्षण गराएर स्वदेश फर्कने क्रममा विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै अहिले तोकिएका केन्द्र स्थायी नभएकाले यसमा आन्दोलन गर्न पनि नपर्ने बताउनुभयो ।
अहिले तोकिएका केन्द्र प्रदेशसभाको दुई तिहाई मतले जनअपेक्षा अनुसार नै परिवर्तन गर्न सक्ने भएकाले अहिले आन्दोलन गर्नुको कुनै अर्थ नभएको ओलीले स्पष्ट पार्नुभयो । पुस २६ गते नियमित स्वास्थ्य परीक्षणका लागि थाइल्याण्ड जानुभएका ओलीले आज फर्किने क्रममा आफ्नो स्वास्थ्यस्थिति राम्रो भएको जानकारी दिनुभयो ।
फरक प्रसंगमा एमाले अध्यक्ष ओलीले एमाले–माओवादी पार्टी एकता तीव्रताका साथ अगाडि बढेको बताउनुभयो । प्रदेश प्रमुख र अस्थायी राजधानी तोक्न ढिलाई भए पनि त्यो सरकारको क्षेत्राधिकारभित्र पर्ने भन्दै ओलीले यसमा आफूहरुको आपत्ति नरहेको बताउनुभयो ।

Share.

Leave A Reply